ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हाम्रा युवा गुन्डा हुने छैनन्, कसैले गालामा पिट्न आएमा ओम शान्ति भनेर पनि बस्दैनन्- ओली


abc news
९ असार २०८२, सोमबार   ५ : ५१   बजे

काठमाडौ ९ असार । प्रधानमन्त्री एवं नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले युवा भ्रमित भएमा परिवर्तन र अग्रगमनको गति सुस्त हुने बताएका छन्।

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवाले व्यक्तिको नभई सही विचार र नेतृत्वको पक्षपोषणमा लाग्नुपर्ने बताए।

‘अहिले युवा संघको काँधमा असाधारण जिम्मेवारी रहेको छ। आगामी स्थानीय तहको निर्वाचनसम्म यस कमिटीको नेतृत्व रहन्छ। संघको नेतृत्वले आफ्नो कार्यकालका लागि सिंगो योजना बनाओस्। नयाँ इतिहास कायम राखोस्। असाधारण सक्रियताका साथ काम गरोस्।’

सामाजिक न्याय, राष्ट्रिय हित, रक्षा, सुशासन र वैज्ञानिक दृष्टिकोणजस्ता एमालेका नीतिप्रतिको प्रतिबद्ध संगठनका रूपमा उभ्याउन उनले युवा संघका नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरूलाई निर्देशन दिए।

‘वैचारिक हिसाबले स्पष्ट र सांगठनिक हिसाबले सुदृढ तथा आवश्यकता परेका बेला देश र पार्टीका पक्षमा जुझारो रूपमा आन्दोलन गर्न सक्ने योजना होस्। विपक्षीहरूले फैलाएका भ्रमपूर्ण प्रचारको खण्डन गरोस्। सही बाटोका पछि लागोस्। व्यक्तिका पछि होइन,’ उनले भने।

अध्यक्ष ओलीले सही ढंगले नेतृत्व गर्न सक्ने व्यक्तिप्रति युवाहरू असहिष्णु हुनु नहुने बताए।

इनोभेटिभ तरिकाले गर्ने खोजका कामहरू विश्वमा युवाहरूले नै गरेकाले आफ्नो क्षेत्रमा दक्षता हासिल र नयाँ उपलब्धि हासिल गर्न अग्रसर हुन अनि आग्रह गरे।

‘युवाहरू सही बाटोमा अघि बढेमा देश सही बाटोमा अघि बढ्छ। युवाहरूलाई भ्रममा पार्न वा शिथिल पार्ने काम भएमा परिवर्तन र अग्रगमन सुस्त गतिमा अगाडि बढ्न पुग्छन्। युवाहरूलाई उद्यमशीलतातर्फ कसरी अगाडि बढाउने भन्नेमा हामी लाग्नुपर्छ,’ उनले भने।

उही नेता कहिले, कहिले आवश्यकताले दोहोरिने, कहिले एक पटकमै परीक्षणबाट असफल हुने बताए।

‘हामीले पार्टीमा ठिक नेतृत्व नपाउँदा आन्दोलन रूमलियो। जनताको बहुदलीय जनवाद ९जबज० पारित भएपछि पनि तत्काल सही नेतृत्व पाएनौं। जब सही नेतृत्व पायौं, त्यसपछि पार्टीलाई सुस्पष्ट र मजबुत बनाएर अघि बढ्यौं,’ उनले भने।

आफूहरूलाई सिध्याउँछौं भनेर प्रतिक्रियावादीहरू लागे पनि आफूहरू मजबुत हुन सक्नुमा सही विचार र सही नेतृत्व भएकाले पार्टी एकीकरण गरेर नेकपा बनाएको तर पार्टीमा विभाजना गराइएकाले फेरि पार्टीलाई जस्ताको तस्तै बनाएर अघि बढेको त्यो सामर्थ्य रिजिलेन्स एमालेसँग भएको स्पष्ट गरे।

‘अहिले अर्थविनाको युवा युवा भनेर उचाल्ने प्रवृत्ति छ। जहाँ पनि युवा मात्रै भनेर हुँदैन। कुन तहसम्म कसरी युवाले के गर्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। दक्षता, सीप र अनुभव आदि कुराहरू चाहिन्छ,’ उनले भने।

कुनै पनि व्यक्तिभित्र घमण्ड पसेपछि ऊ बिग्रने बाटोमा जाने पनि दृष्टान्त दिए।

‘हाम्रा युवाहरू दम्भी, घमण्डी हुनेछैनन्। क्षमतावान, विनयी र शालिन हुनेछन्। गुन्डा हुने छैनन्, बलवान हुनेछन्। कसैले गालामा पिट्न आएमा ओम शान्ति। भनेर चाहिँ बस्दैनन्। त्यसकारण युवा संघले अन्याय सहँदैन र अन्याय गर्दैन भन्ने बुझाउन सक्नुपर्छ,’ उनले भने।

युवा संघ जनताको स्वाभिमानको मजबुद किल्ला भएकाले यसलाई कसैले भत्काउन नसक्ने स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले युवा संघ समग्र सामाजिक क्रियाकलाप, जागरण र देशभक्तिपूर्ण भावको नायक हो भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group