ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य प्रतिष्ठानमा योग्यताको आधारमा पदाधिकारी नियुक्ति गर्न डा. केसीको माग


abc news
९ असार २०८२, सोमबार   ६ : ०२   बजे

काठमाडौ ९ असार । चिकित्सा शिक्षा सुधारका लागि लामो समयदेखि संघर्ष गरिरहेका प्रा। डा। गोविन्द केसीले राजनीतिक भागबन्डाबाट शैक्षिक संस्थामा नेतृत्व चयन गर्ने परिपाटीको विरोध गर्दै योग्यताको आधारमा पदाधिकारी नियुक्ति गर्न सरकारसँग माग गरेका छन् ।

सोमबार विज्ञप्तिमार्फत डा। केसीले भनेका छन्,‘योग्यताको आधारमा नभएर राजनीतिक भागबन्डामा शैक्षिक संस्थाहरूको नेतृत्व चयन गर्ने परिपाटी स्थापित भएयता शिक्षाको गुणस्तरमा ठूलो ह्रास आएको छ ।’

उनले विश्वविद्यालय तथा प्रतिष्ठानहरू रोजगारीका लागि अयोग्य र अदक्ष जनशक्ति उत्पादन गर्ने थलोमा परिणत भएको र राजनीतिक दलहरूले ती संस्थालाई कार्यकर्ता भर्ती र दोहन गर्ने केन्द्र बनाएको आरोप लगाएका छन् ।

डा। केसीले शैक्षिक संस्थाहरूमा पदाधिकारीहरूको चयन योग्यताका आधारमा हुने ऐनको लागि दुई दशकदेखि संघर्ष गरिरहेका छन् ।

सरकारले पटक(पटक ऐन शीघ्र ल्याउने र त्यतिन्जेलसम्म प्रस्तावित ऐनमा प्रावधान भए अनुरूप योग्यताको आधारमा पदाधिकारीहरू चयन गर्ने सम्झौता गर्दै आएको छ ।

तर स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खाली भएको उपकुलपति लगायतको पदमा राजनीतिक भागबन्डाबाट नियुक्त गरिने समाचारप्रति उनले गम्भीर आपत्ति जनाएका छन् ।

पदाधिकारी योग्यताको आधारमा चयन , पदाधिकारी नियुक्ति मापदण्ड लगायतका उच्च शिक्षा ऐन तुरुन्त पारित, चिकित्सा शिक्षा सम्बन्धी शिक्षण संस्था २०८५ देखि गैरनाफामूलक बनाउने र इलाम, उदयपुर र डडेल्धुरामा सरकारी मेडिकल कलेज खोल्न र एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन पारित गर्न डा। केसीले सरकारसँग माग राखेका छन् ।

डा। केसी भन्छन्, ‘हामीसँग भएका सम्झौताहरू शीघ्र कार्यान्वयन गर्न र हामीले विगतमा राखेका मागहरू पूरा गर्न नेपाल सरकारसँग अनुरोध गर्दछौं । अन्यथा, सत्याग्रह सहितका आन्दोलन सुरू गर्न बाध्य हुनेछौं ।’

डा। केसीले महत्त्वपूर्ण शैक्षिक नेतृत्वका पदहरू समयमा पदपूर्ति नगरी लामो समयसम्म खाली राखेर चाकडी र घूसखोरीको लिलाम बढाउने परम्पराको पनि विरोध गरेका छन् ।

नेपालको शिक्षा र स्वास्थ्य सेवा क्षेत्रमा सुधार तथा समतामूलक पहुँच, सुशासन र सामाजिक न्यायका लागि संघर्षरत डा। केसीले २२ औं पटक सत्याग्रह बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group