ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्रिपरिषद् बैठक बस्दै, भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने तयारी


abc news
९ असार २०८२, सोमबार   ८ : ३९   बजे

काठमाडौ ९ असार । भिजिट भिसा प्रकरणमा सरकारले नै छानबिन समिति बनाउने तयारी गरेको छ। एक मन्त्रीका अनुसार सम्भवतस् आज सोमबार बस्ने मन्त्रिपरषद् बैठकबाटै छानबिन समिति गठनको निर्णय गर्ने हुनेछ।

ुआज बस्ने क्याबिनेट बैठकबाटै छानबिन समिति बनाउने तयारी जानकारी पाएको छु,ु ती मन्त्रीले नेपालखबरसँग भने।

यसअघि असार ५ गते सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका नेताबीच भएको छलफलमा समिति बनाउने सहमति भएको थियो। नेताहरूका अनुसार उच्चस्तरीय छानबिन बनाउने तयारी छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको सचिवालयका केही अधिकारी, मन्त्रालयका कर्मचारी जोडिएको भन्दै माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, राप्रपा, नेकपा एकीकृत समाजवादी पार्टीलगायत दलले छानबिन समिति बनाउनुपर्ने माग गर्दै संसद् अवरुद्ध गर्दै आएका छन्।

तर, माओवादी र एमालेबीच जेठ ३० गते २ बुँदे सहमति भएपछि माओवादीले संसद्‌मा अवरोध गर्न छोडेको थियो। यद्यपि, रास्वपा र राप्रपाले अझै पनि छानबिन समितिको माग गर्दै संसद् अवरोध र बहिष्कार गरिरहेका छन्। रास्वपाले उच्चस्तरीय वा, न्यायिक वा संसदीय समिति बनाउनुपर्ने माग गरिरहेको छ।

यस विषयमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक तथा माओवादी केन्द्रबाट उपमहासचिवद्वय वर्षमान पुन र शक्ति बस्नेतबीच असार ५ गते छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group