ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री र अर्थमन्त्रीलाई देउवाको दूरभास चेतावनी – ‘टेक एण्ड पे’को व्यवस्था नहटाए बजेट पारित हुँदैन


एबीसी न्यूज
९ असार २०८२, सोमबार   ८ : ४४   बजे

काठमाडौँ ९ बैशाख । नेपाली कांग्रेसले बजेटमा समावेश गरिएको ‘टेक एण्ड पे’ को व्यवस्था हटाउनुपर्ने अडान राखेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको आफ्नै कार्यकक्षबाट प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडललाई टेलिफोन(दूरभास) गरेर उक्त व्यवस्था हटाउन माग गरेका हुन्।

‘पार्टीका साथीहरू मानिरहनु भएको छैन। ‘टेक एण्ड पे’ नहटाउँदा अप्ठ्यारो पर्ने भो, यसलाई हटाएर मात्रै बजेट पारित गरौँ भन्ने नै सभापतिज्यूको भनाइ हो,’ देउवाको भनाइ उद्धृत गर्दै पार्टीका पदाधिकारी समेत रहेका एक सांसदले भने, ‘अहिले यही विषयमा छलफल गर्न प्रधानमन्त्रीसँग छुट्टै छलफल समेत छ।’

उनका अनुसार प्रधानमन्त्री ओलीसँग देउवा आफैँ बैठकमा सहभागी भएर ‘टेक एन्ड पे’ को व्यवस्था हटाउन दबाव दिने भएका छन्। ऊर्जामन्त्री दीपक खडकाले संसद्‌मा बोल्दा पनि बजेटमा उक्त व्यवस्था संशोधन भएर आउने विश्वास आफूले राखेको बताएका थिए। कांग्रेसका सांसदहरूले निजी क्षेत्रलाई समाप्त पार्नका लागि यस्तो व्यवस्था बजेटमा राखिएको भन्दै विरोध गर्दै आएका छन्।

बैंकहरूले ‘टेक एन्ड पे’ मा आधारित पीपीए भएका आयोजनामा लगानी नगर्ने भएकाले उनीहरूको लगानीको क्षेत्र साँघुरिनेछ । यसले जलविद्युत् क्षेत्रमा सुरक्षित लगानीको वातावरण खल्बलिनेछ । एक मेगावाट आयोजनामा २–३ वर्षसम्म १०० जनाले रोजगारी पाउँछन् भने निर्माणपछि १० जनाले दीर्घकालीन रोजगारी पाउँछन् ।

‘टेक एन्ड पे’ ले आयोजना निर्माण रोकिने हुँदा ठूलो संख्यामा रोजगारी गुम्ने र बेरोजगारी बढ्ने सम्भावना छ । सरकारले १० वर्षमा २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने र भारतमा १०,००० मेगावाट निर्यात गर्ने महत्त्वाक्षी लक्ष्य पनि यसले प्रभावित पार्ने सम्भावना रहेको प्रवर्द्धकहरू बताउँछन् ।

सरकारले बजेटमा राखेको यस्तो व्यवस्थाको व्यवसायीहरूले भने विरोध गर्दै आएका छन्। ‘टेक एन्ड पे’लाई ‘टेक अर पे’ बनाउनुपर्ने माग गरिररहेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group