ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीमाभन्दा बढी चालू पुँजी कर्जा फिर्ता गर्न थप दुई वर्षको म्याद, निर्देशित कर्जामा पनि लचिलो व्यवस्था


abc news
१० असार २०८२, मंगलबार   ११ : १३   बजे

काठमाडौ १० असार । नेपाल राष्ट्र बैंकले सीमाभन्दा बढी चालू पुँजी लिएका व्यवसायीले बढी रकम तिर्न दुई वर्ष थप समय दिएको छ । नेपाल राष्ट्र बैंकले हिजो चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधनमार्फत सीमाभन्दा बढी कर्जा भुक्तानीका लागि २०८४ असारसम्मको समय दिएको हो । यसअघि सीमाभन्दा बढी लिएको कर्जा २०८२ असार मसान्तभित्र तिरिसक्नुपर्ने व्यवस्था थियो ।

सीमाभन्दा बढी कर्जा तिर्ने समय असार मसान्त हुँदा चालू आर्थिक वर्षको चौथो त्रैमासमा निष्क्रिय कर्जा अत्यधिक मात्राले बढ्ने अनुमान गरिएको थियो । जसले बैंकको नाफा पनि प्रभावित हुने डर थियो । अब भने बैंक र व्यवसायीले सीमाभन्दा बढी चालूपुँजी कर्जा लिएको भए बढी कर्जा तिर्न थप दुई वर्ष समय मिलेको छ ।

नयाँ व्यवस्थाअनुसार तोकेको सीमाभन्दा बढी प्रवाह भएका कर्जामध्ये भुक्तानी हुन बाँकी कर्जा रकमलाई समान आवधिक किस्ता कायम गरी २०८४ असार मसान्तसम्ममा भुक्तान हुने गरी भुक्तानी तालिका निर्धारण गरी असुलउपर गर्नुपर्ने हुन्छ । तर, यस्तो कर्जामा यसअघि कायम रहेको कर्जा नोक्सानी व्यवस्था रकम कर्जा नियमित नभएसम्म फिर्ता ९राइट ब्याक० गर्न पाइने छैन ।

यसरी गरिएको कर्जा समायोजनलाई कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थाको प्रयोजनका लागि पुनरतालिकीकरण वा पुनरसंरचना मानिने छैन । अहिलेको व्यवस्थाअनुसार व्यवसायीहरुले वार्षिक कारोबार रकमको २५ प्रतिशतसम्म चालूपुँजी कर्जा पाउँछन् ।

यस्तै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले तोकिएको क्षेत्रमा प्रवाह गर्नुपर्ने निर्देशित कर्जाको समयअवधि पनि थप गरेको छ । कृषि र लघु, घरेलु, साना तथा मझौला व्यवसायमा समान १५ प्रतिशत र उर्जामा १० प्रतिशत कर्जा पुर्‍याउनुपर्ने व्यवस्था थियो ।

शुरुमा २०८१ असार मसान्तमा पुर्‍याउनुपर्ने निर्देशन दिए पनि त्यस अवधिमा पुर्‍याउन नसक्ने भन्दै पटक–पटक सारेर त्यसलाई २०८४ असार मसान्तमा पुर्‍याउनुपर्ने व्यवस्था गरेको थियो । हिजो राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि जारी गरेको एकीकृत परिपत्रमा संशोधन गर्दै निर्देशित कर्जा तोकिएअनुसार पुर्‍याउने समय एक वर्ष थप गरेको छ । अब २०८५ असारभित्र बैंकहरुले कृषि र एमएसएमईमा समान १५ प्रतिशत तथा ऊर्जामा १० प्रतिशत कर्जा पुर्‍याउनुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group