ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानी क्षेप्यास्त्र आक्रमणपछि कतारको स्थिति सामान्य बन्दै, हवाईमार्ग खुला


abc news
१० असार २०८२, मंगलबार   ११ : १८   बजे

काठमाडौ १० असार । इरानले कतारमा रहेको अमेरिकाको अल उदेद एयर बेसमा प्रहार गरेको क्षेप्यास्त्र आक्रमणपछि कतारको जनजीवन सामान्य बन्दै गएको छ । कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले हिजो बेलुकीको आक्रमणपछि जनजीवन सामान्य हुँदै गएको जानकारी दिनुभएको दोहा न्यूजले जनाएको छ ।

कतारले अहिले कुनै गम्भीर खतरा नरहेको भन्दै त्रसित नहुन आफ्ना नागरिकलाई भनेको छ । जनजीवन सामान्य बन्दै गएपछि हवाईमार्ग पनि खुला गरिएको छ । इरानले आक्रमण गरेसँगै कतारले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको थियो ।

इरानले अमेरिकी आणविक साइटमाथिको हमलाको जवाफस्वरूप कम्तीमा छ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो । तीमध्ये एक मात्रै बेसभित्र खसेको र अरू सबै कतारको वायु प्रतिरक्षा प्रणालीले रोक्न सफल भएको कतारी अधिकारीहरुले दाबी गरेका छन् । इरान–इजरायलबीचको पछिल्लो तनावलाई मध्यनजर गर्दै कतारले सुरक्षा सतर्कता भने बढाएको छ ।

इरानले कतारको दोहामा रहेको अमेरिकी एयरबेसमा हिजो मिसाइल आक्रमण गरेसँगै इरान–इजरायल संघर्षले नयाँ मोड लिएको छ । तर आज बिहानै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल युद्धविरामका लागि सहमत भएको दाबी गरेसँगै मध्यपूर्वमा बढ्दै गएको सशस्त्र संघर्ष तत्कालको लागि अन्त्य हुने सङ्केत पनि देखिएको छ । यद्यपि ट्रम्पको घोषणापछि अहिलेसम्म इजरायल वा इरानबाट ट्रम्पको कुनै प्रतिक्रिया आएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बहुमतको अहंकारले सरकारलाई शासकीय अराजकतामा पुर्यायो : गगन थापा

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट अन्तिम चरणमा, पाँच उम्मेदवार प्रतिस्पर्धामा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu