ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इसराइलसँगको १२ दिने युद्ध सकिएको इरानका विदेशमन्त्रीको भनाइ


abc news
१० असार २०८२, मंगलबार   ११ : २८   बजे

काठमाडौ १० असार । इसराइलसँगको १२ दिने युद्ध सकिएको इरानी विदेशमन्त्री अब्बास अराघचीले परोक्ष रूपमा बताएका छन्।

उनले केही समयअघि सामाजिक सञ्जालमा लेख्दै इसराइललाई अन्तिम समयसम्म जवाफ दिएकोमा इरानी सेनालाई बधाइ दिएका छन्।

‘हाम्रो शक्तिशाली सेनाले इसराइली आक्रमणलाई जवाफ दिने काम अन्तिम मिनेट, बिहान ४ बजेसम्म जारी राख्यो,’ उनले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन्।

यसअघि उनले युद्धविराम हुनसक्ने संकेत गर्दै भनेका थिए, ‘इसराइलले तेहरानको समयअनुसार बिहान ४ बजेसम्ममा आक्रमण बन्द गर्‍यो भने हाम्रो पनि जवाफी कारबाही गर्ने कुनै इरादा छैन।’

तेहरानको समय इसराइलको भन्दा आधा घन्टाअघि छ। इसराइलमा बिहान ४ बज्नेबित्तिकै अराघचीले सामाजिक सञ्जालमा लेखेका हुन्।

उनले थप लेखेका छन्, ‘सबै इरानीसँगै म हाम्रा साहसी सुरक्षाकर्मीलाई पनि धन्यवाद दिन चाहन्छु जो हाम्रो देशको रक्षा गर्न शरीरमा रगतको अन्तिम थोपासम्म तयार थिए र जसले अन्तिम मिनेटसम्म शत्रुलाई जवाफ दिए।’

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै इजरायल र इरानबीच युद्धविराम हुने जनाएका थिए।

राष्ट्रपति ट्रम्पले गएराति सामाजिक सञ्जालमा लेखेका थिए, ‘इसरायल र इरानबिच पूर्ण युद्धविराम गर्ने सहमति भएको छ।’

ल्अज
िल्अभिि
इरानले कतारमा रहेको अमेरिकी सैन्य अखडालाई लक्षित गरेर मिसाइल प्रहार गरेको केही घण्टामा उनले यो युद्धविरामबारे सामाजि सञ्जालमा लेखेका हुन्।

अमेरिकालाई सूचना दिएरै इरानले आफ्नो सैन्य अखडामा ती मिसाइल आक्रमण गरेको पनि ट्रम्पले दाबी गरेका छन्। इरानले हानेका १४ मध्ये १३ मिसाइल झारिएको र कुनै पनि अमेरिकी सैनिकलाई कुनै चोटपटक नलागेको राष्ट्रपति ट्रम्पले दाबी गरेको न्यु योर्क टाइम्सले जनाएको छ।

इरानले अमेरिकी सैन्य अखडामा मिसाइल प्रहार गर्नुअघि नै युद्धविरामका लागि सहमत भएको आकलन गरिएको छ। अमेरिकाले आफ्ना आणविक केन्द्रहरूमा गरेको आक्रमणको बदलामा आफूले पनि अमेरिकी सैन्य अखडामा प्रहार गरेको भन्ने आफ्ना नागरिकलाई देखाउन मात्रै इरानले ती मिसाइल प्रहार गरेको आकलन गरिएको छ।

न्युयोर्क टाइम्सका अनुसार उपराष्ट्रपति जेडि भान्सले ‘युद्ध सकिने देखिएको र साँचो शान्ति प्रक्रियाको सुरुवात गर्ने अवसर आएको’ बताएका छन्।

तीन जना कूटनीतिज्ञलाई उद्धृत गर्दै टाइम्सले कतारले युद्धविरामका लागि भूमिका खेलेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group