ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिणपश्चिम चीनमा बाढीबाट ८० हजार भन्दा बढी मानिस विस्थापित


abc news
११ असार २०८२, बुधबार   ११ : ४१   बजे

काठमाडौ ११ असार । चीनको दक्षिणपश्चिममा आएको बाढीले ८० हजारभन्दा बढी मानिसलाई विस्थापित गरेको सरकारी सञ्चारमाध्यमले बुधबार बताएको छ । भत्किएको पुलका कारण एक ट्रक चालकलाई पुलको छेउमा झुण्डिएको अवस्थामा नाटकीय रूपमा उद्धार गर्नुपरेको छ ।

चीनले चरम मौसमको गर्मीको सामना गरिरहेको छ । मुलुकमा गर्मीको लहरले देशको फराकिलो भागलाई तताइरहेको छ भने आँधीसहितको वर्षाले अन्य क्षेत्रलाई बगाएको छ ।

दक्षिणपश्चिमी गुइझोउ प्रान्तमा मङ्गलबार दिउँसोसम्म करिब ८० हजार नौ सय जनालाई सुरक्षित स्थानमा सारिएको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

रोङजियाङ काउन्टीमा एउटा फुटबल मैदान ‘तीन मिटर पानीमुनि डुबेको’ समाचार एजेन्सीले जनाएको छ ।

राज्य प्रसारणकर्ता सिसिटिभीको फुटेजले प्रान्तको एउटा पहाडी क्षेत्रमा गाउँहरू डुबानमा परेको र एउटा पुल भत्किएको देखाएको छ ।

उद्धारकर्ताहरूले बासिन्दाहरूलाई बोकेर डुङ्गाहरूलाई हिलो, घुँडासम्म पानीमा धकेलिरहेका थिए र आपत्कालीन कर्मचारीहरू नजिकै आउँदा बालबालिकाहरू बालविकास केन्द्रमा पर्खिरहेका थिए ।

“पानी धेरै चाँडो बढ्यो”, बासिन्दा लोङ तिआनले भन्नुभयो, “म तेस्रो तल्लामा उद्धारको पर्खाइमा बसेँ । दिउँसोसम्म मलाई सुरक्षित ठाउँमा सारिएको थियो ।”

बाढी पीडितहरूका लागि चामल लगायत आपूर्तिहरू पु¥याउन ड्रोन तयार गरिरहेको एक टोली पनि देखिएको थियो ।

स्थानीय सञ्चारमाध्यमले प्रसारण गरेको भिडियोमा ट्रक चालक यू गुओचुनले भत्किएको पुलको खण्डको छेउमा अड्किएपछिको आफ्नो डरलाग्दो उद्धारको वर्णन गर्नुभएको छ ।

“मेरो अगाडि एक पुल पूर्ण रूपमा भत्कियो”, उहाँले भन्नुभयो, “म धेरै डराएको थिएँ ।”

चरम मौसम

बाढीले छिमेकी गुआङ्सी क्षेत्रमा पनि असर पारेको छ । सरकारी सञ्चारमाध्यमले त्यहाँ बासिन्दाहरूलाई सुरक्षित स्थानमा पुर्‍याउने उद्धारकर्ताहरूको भिडियो प्रकाशित गरेको छ ।

भारी वर्षाका कारण मध्य चिनियाँ प्रान्त हुनानमा गत हप्ता दशौँ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो ।

टाइफुन वुटिपका कारण आएको भारी बाढीपछि केही दिनअघि नै दक्षिणी चीनमा करिब ७० हजार मानिस विस्थापित भएका थिए ।

चिनियाँ अधिकारीहरूले गत हप्ता छ वटा क्षेत्रमा पहाडी बाढीका लागि वर्षको पहिलो रातो चेतावनी जारी गरे । रातो चेतावनी देशको चार–स्तरीय प्रणालीमा सबैभन्दा गम्भीर चेतावनी स्तर हो ।

स्थानीय सरकारहरूले बासिन्दाहरूलाई समयमै चेतावनी जारी गर्न आग्रह गर्दै प्रभावित क्षेत्रका केही क्षेत्र ‘अत्यधिक प्रभावित हुने सम्भावना’ रहेको सिन्ह्वाले जनाएको छ ।

वैज्ञानिकहरूका अनुसार हरितगृह ग्यास उत्सर्जनले बढाएको जलवायु परिवर्तनले यस्ता चरम मौसमी घटनाहरूलाई धेरै बारम्बार र धेरै तीव्र बनाइरहेको छ ।

बेइजिङका अधिकारीहरूले यस हप्ता यस वर्षको अहिलेसम्मको सबैभन्दा तातो दिनमा राजधानीका लागि दोस्रो उच्च गर्मी चेतावनी जारी गरेका थिए ।

गत वर्ष चीनको रेकर्डमा सबैभन्दा तातो थियो र पछिल्लो चार वर्ष अहिलेसम्मकै सबैभन्दा तातो थियो ।

चीन विश्वको सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जक हो तर नवीकरणीय ऊर्जाको पावरहाउस पनि हो । चीनले सन् २०६० सम्ममा कार्बन डाइअक्साइड उत्सर्जनलाई शुद्ध शून्यमा कटौती गर्न खोजेको छ । राससरएएफपी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu