ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानविरुद्ध अमेरिकी आक्रमणप्रति ब्रिक्स समूहद्वारा ‘गम्भीर चिन्ता’ व्यक्त


abc news
१२ असार २०८२, बिहिबार   ११ : ४१   बजे

काठमाडौ १२ असार । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकालगायत अन्य देश सम्मिलित ब्रिक्स समूहले इरानविरुद्ध सैन्य आक्रमणप्रति चिन्ता व्यक्त गरेको छ।

यस विषयमा ब्रिक्सले संयुक्त विज्ञप्ति जारी गरेको छ।

विज्ञप्तिमा भनिएको छ, हामी जुन १३ मा भएको इरानविरुद्धको सैन्य आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दछौँ। यो आक्रमण अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रको उल्लंघन हो।

ब्रिक्सले सबै पक्षलाई विद्यमान मतभेद वार्ता र कूटनीतिमार्फत शान्तिपूर्ण माध्यमबाट समाधान गर्न अपिल पनि गरेको छ।

ब्रिक्सको यो विज्ञप्ति हालै भारतले सांघाई सहयोग संगठन ९एससीओ० ले इरानविरुद्ध भएको आक्रमणको आलोचना गरी जारी गरेको वक्तव्यबाट आफूलाई अलग राखेको थियो।

तर अहिले भारतले ब्रिक्सको त्यस्तै प्रकृतिको वक्तव्यमा आफूलाई सामेल गरेको छ।

अमेरिका र इजरायलले इरानको आणविक प्रतिष्ठानहरूमा आक्रमण गरेका थिए।

ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका मिलेर बनेको यो समूहलाई ब्रिक्स भनिन्थ्यो, तर अहिले यो विस्तार भएको छ।

ब्रिक्समा हाल साउदी अरेबिया, इजिप्ट, इथियोपिया, इरान, संयुक्त अरब इमिरेट्स र इन्डोनेसिया पनि समेटिएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group