ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनमा गाडीको टायर र सडकबीचको घर्षणबाट बिजुली उत्पादन गर्ने उपकरण विकास


abc news
१२ असार २०८२, बिहिबार   ५ : ३२   बजे

काठमाडौ १२ असार । चिनियाँ वैज्ञानिकहरूको टोलीले गाडीको टायर र सडकबीचको घर्षणबाट उत्पन्न हुने ऊर्जालाई सङ्कलन गरी सफा बिजुलीमा रूपान्तरण गर्न सक्षम एक उपकरण विकास गरेको छ ।

रोडबेड ट्राइबोलोजिकल इनर्जी हार्भेस्टर भनिने यो उपकरणले ऊर्जा सङ्कलनको नयाँ र पहिले प्रयोग नगरेको स्रोतलाई उपयोग गर्ने प्रयास गरेको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

यो प्रविधिले एउटा गाडीको टायर र सडकबीचको अन्तरक्रियाबाट वार्षिक शून्य दशमलव तीन टेरावाट ऊर्जा उत्पन्न गर्न सक्छ । यस प्रकारको ऊर्जा सङ्कलनले स्मार्ट यातायात र सडक व्यवस्थापन प्रणालीलाई सहयोग पुर्याउने उद्देश्य राखेको छ ।

चीनको विज्ञान र प्रविधि एकेडेमी अन्तर्गत बेइजिङ इन्स्टिच्युट अफ नानो ऊर्जा र नानो प्रणालीका अनुसन्धानकर्ताहरूले सडकको आधारमा ऊर्जा सङ्कलन गर्नसक्ने यन्त्र तयार गरेका हुन् । यस यन्त्रले एकल टायरको प्रभावबाट १६ दशमलव ४ मिलिवाटको अधिकतम पावर उत्पादन गर्न सक्छ । यसको ऊर्जा रूपान्तरण क्षमता ११ दशमलव ७ प्रतिशत छ ।

यस यन्त्रको लागत केवल ७१ दशमलव ३ अमेरिकी डलर प्रति वर्गमिटर रहेकोले यसलाई विश्वभरका सडक सञ्जालहरूमा प्रभावकारी रूपमा लागू गर्न सकिने खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group