ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोकर्णेश्वरमा धान दिवस, रोपाइँ र नाचगान


abc news
१५ असार २०८२, आइतबार   ६ : ३३   बजे

काठमाडौ १५ असार । आज असार १५, अर्थात् राष्ट्रिय धान दिवस। देशभर खेतमा धान रोपेर हिलो खेल्दै ‘असार १५’ मनाइएको छ।

आजको दिनलाई ‘मुठी रोपेर मुरी उत्पादन’ गर्ने दिनका रुपमा लिइन्छ भने दहि चिउरा खाने दिनका रुपमा समेत मनाउने गरिन्छ।

वास्तविक किसानहरू वर्षभरी खाने अन्न उत्पादनका लागि विशेष मिहेनत गरिरहेका छन् भने कतिपय संघ, संस्थाहरू किसानलाई उत्साहित पार्न वा रमाइलोका लागि समेत हिलोमा पसेर रमाइलो गरिरहेका छन्।

कैयौँ ठाउँमा धान दिवसको अवसरमा औपचारिक कार्यक्रमहरू समेत भइरहेका छन्।

यही सन्दर्भमा राष्ट्रिय लोक सञ्चारकर्मीद्वारा काठमाडौँको गोकर्णेश्वरमा धान रोपाइँ तथा सांस्कृतिक कार्यक्रम गरिएको छ।

कार्यक्रममा कलाकारहरूले विभिन्न सांस्कृतिक प्रस्तुती दिएका थिए भने सहभागीले हिलो खेलेर र धान रोपेर रमाइलो गरे।

नेपाललाई कृषि प्रधान मुलुक भनिएपनि धान चामलमा भने परर्निभर छ।

एक तथ्यांक अनुसार मुलुकको लागि आवश्यक पर्ने करिब ७९ लाख मेट्रिक टन धानमध्ये करिब १० लाख मेट्रिक टन धान उत्पादन अपुग छ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म कुल ७ लाख ५३ हजार मेट्रिक टन धानजन्य वस्तु आयात भएको छ। यी वस्तु आयातमा करिब ३८ अर्व ९४ करोड रुपैयाँ विदेशिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu