ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यालय शिक्षा विधेयक, मन्त्रीको प्रस्तावमा सांसदहरूको आपत्ति, आजै पास गर्न दबाब


abc news
१६ असार २०८२, सोमबार   ५ : २५   बजे

काठमाडौ १६असार । प्रतिनिधिसभामा पठाउन अन्तिम अवस्थामा रहेको विद्यालय शिक्षा विधेयकबारे सहमति जुट्न नसक्दा अन्तिम अवस्थामा पेचिलो बन्दै गएको छ ।

समितिबाट आज पास गर्ने तयारीमा रहेको यो विधेयकबारे छलफल सक्नका लागि आज ९सोमबार० बिहान साढे ८ बजे बैठक बोलाइएको थियो ।

सोही अनुसार सांसदहरू पुगेका पनि थिए । यद्यपि विधेयकका केही विषयमा शिक्षक महासंघका नेताहरूसँग सहमति जुट्न नसकेपछि पेचिलो बन्दै गएको हो ।

शिक्षकहरूले हिजो ९असार १५० गतेसम्म विधेयक पारित गराउन डेटलाइन दिएका थिए ।

यद्यपि पदपूर्तिबारे ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गर्ने प्रस्ताव गरेको थियो । जुन विषयमा सहमति जुट्न सकेन ।

त्यसपछि महासंघका प्रतिनिधिहरू वार्ता छाडेर बाहिरिएका थिए ।

महासंघले ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गरिनुपर्ने प्रस्ताव मन्त्रालय समक्ष राखेको छ । जुन विषयमा सहमति जुट्न सकेको छैन ।

मन्त्रीको प्रस्तावमा सांसदको आपत्ति

शिक्षामन्त्री रघुजी पन्तले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर फर्किएलगत्तै बैठक स्थगित गर्ने प्रस्ताव गरे ।

तर, उनको प्रस्तावमा सांसदहरूले आपत्ति जनाएका छन् ।

रास्वपा सांसद सुमना श्रेष्ठ, कांग्रेस सांसद डिग बहादुर लिम्बु, माओवादी केन्द्रका सांसदद्वय देवेन्द्र पौडेल, रेखा शर्मा, एमाले सांसद दीपा शर्मा, ज्ञानु बस्नेत सुवेदी लगायतले आजै पास गर्नेगरी छलफल अघि बढाउन दबाब दिएका छन् ।

माओवादी सांसद पौडेलले सरकारको कार्यक्षमतामाथि नै प्रश्न उठाएका छन् ।

विवादित विषयमा छलफल गर्न बनेको उपसमितिले टुंगो लगाएका विषयमा पुनस् समस्या सुरु भएपछि सांसदहरूले आपत्ति जनाएका हुन् ।

माओवादी सांसद शर्माले प्रधानमन्त्रीसँग नै सल्लाह गर्नुपर्ने भएपनि गरेर आजै राति १२ बजेसम्म टुंगो लगाउनपर्ने बताइन् ।

‘दलहरूबाट पनि हामीलाई दबाब छ । राति १२ बजेसम्म बसेर भए पनि टुंगो लगाऔं,’ उनले भनिन्, ‘बैठक स्थगित नगर्नुस् । आजै पास गरौं । ’

त्यस्तै, सांसद दिपा शर्माले पनि आजै पास गर्नुपर्ने बताइन् ।

‘शिक्षक महासंघलाई सम्मान गर्छौं । ६०र४० को कुरामा नयाँलाई ढोका खोल्नुपर्छ । युवा विदेश गएका छन्,’ उनले भनिन्, ‘अलिकति त बाटो खोलौं । रातको १२ बजेसम्म बस्छौं । पास गरौं ।’

यसले बाहिर राम्रो सन्देश नजाने पनि उनको भनाइ थियो ।

अर्की सांसद ज्ञानु बस्नेत सुवेदीले अझै ८ घण्टा कुर्न तयार भएको बताइन् । ‘ ८ घण्टा कुर्‍यौं । अर्को ८ घण्टा कुर्न तयार छौं । स्थगित नगरियोस् । टुंगो लगाउने स्थितिमा छौं,’ उनले भनिन् ।

महासंघलाई देखाएर भित्र भित्र षड्यन्त्र गरेको आंशका आफूलाई लागेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group