ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पको दबाबका कारण क्यानडाले रद्द गर्‍यो अमेरिकी प्रविधि कम्पनी लक्षित कर


abc news
१६ असार २०८२, सोमबार   ५ : २९   बजे

काठमाडौ १६असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबपछि क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूलाई लक्षित गरी लगाइएको डिजिटल सेवा कर रद्द गरेको छ।

क्यानडाले सोमबारदेखि लागु हुने गरी ठूला प्रविधि कम्पनीहरूले आम्दानीमा ३ प्रतिशत कर लगाउने घोषणा गरेको थियो। मेटा, अमेजन लगायत ठूला अमेरिकी प्रविधि कम्पनीहरूले क्यानडामा आर्जन गरेको आम्दानीमा पनि यो कर लाग्थ्यो।

यो करबाट करिब ५।३ अर्ब अमेरिकी डलर राजस्व उठ्ने क्यानडाले अनुमान गरेको थियो। त्यसको लगभग सबै हिस्सा ठूला अमेरिकी प्रविधि कम्पनीहरूबाट आउने अपेक्षा थियो।

ट्रम्पले यो करलाई आफ्नो देशमाथि ुठाडो आक्रमणु भन्दै विरोधस्वरूप क्यानडासँग भइरहेको व्यापार वार्ता रोकेका थिए। क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले कुनै पनि हालतमा यो कर लगाउने बताउँदै आएका थिए। तर, ट्रम्पले दुई देशबीचको व्यापार वार्ता नै रोकेपछि उनी पछि हटेका छन्।

सन् २०२० मा नै घोषणा भएको यो कर लागु हुनुभन्दा केही घण्टाअघि अन्ततः क्यानडाले ट्रम्पको दबाबका कारण फिर्ता लिएको हो।

ट्रम्पले ुस्वतन्त्रता दिवसु भन्दै अप्रिल २ मा आफ्ना सबै व्यापारिक साझेदारलाई १० प्रतिशत र मुख्य प्रतिस्पर्धी देशहरूलाई उच्च ुरेसिप्रोकलु ९पारस्परिक० भन्सार लगाउने घोषणा गरेका थिए। उनले जबाफी कदम चाले अझ उच्च भन्सार लगाउने र नचाले पुरस्कृत गर्ने धम्की पनि दिएका थिए। चीनबाहेक कसैले पनि अमेरिकाविरूद्ध जबाफी कदम चालेनन्।

यद्यपि, यही कारणले अमेरिकी अर्थतन्त्र नै धराशायी हुने खतरा भएपछि ट्रम्पले एक सातामै ७० वटाभन्दा बढी देशलाई लगाएको उच्च पारस्परिक दर ९० दिनका लागि फिर्ता लिए। त्यसपछि उनले सबैलाई १० प्रतिशत भन्सार लगाए।

जुलाईमा ९० दिनको समय सकिँदैछ। त्यसअघि नै व्यापार सम्झौता गर्न क्यानडासहितका देशहरूले अमेरिकासँग वार्ता गरिरहेका छन्। ट्रम्पले सोही वार्ता रोकेपछि क्यानडाले सोमबारदेखि लागु हुने डिजिटल सेवा कर रद्द गरेको हो।

ल्अज
िल्अभिि
ट्रम्पसँग नझुक्ने नारामा कार्नीले नयाँ कार्यकाल जितेका थिए। ट्रम्पसँग व्यापार युद्ध चलिरहेको बेलामा कार्नीले मार्च महिनामा प्रधानमन्त्रीको रूपमा शपथ लिएका थिए। अमेरिकासँग त्यतिबेला चर्किरहेको व्यापार युद्धले आफ्नो दललाई फाइदा हुने भएकाले शपथ लिएको एक सातामै उनले संसद विघटन गरेर चुनावको घोषणा गरेका थिए।

ट्रम्पले दोस्रो कार्यकाल सुरू नगरिकनै आफ्नो लोकप्रियता व्यापक खस्किएपछि जनवरीमा तत्कालीन प्रधानमन्त्री जस्टिन ट्रुडोले लिबरल पार्टी नेताबाट राजीनामा दिएका थिए। उनले राजीनामा दिएपछि पनि आम(निर्वाचनमा हार्ने लगभग निश्चित भइसकेको उनको लिबरल पार्टीले ट्रम्पकै कारण क्यानडामा निर्वाचन जितेको हो।

गत नोभेम्बरमा राष्ट्रपतीय निर्वाचन जितेदेखि ट्रम्पले क्यानडाबाट आउने सबै सामानमा २५ प्रतिशत भन्सार लगाउने र क्यानडालाई अमेरिकाको ५१ औँ राज्य बनाउने भनिरहेका छन्। विपक्षी कन्जरभेटिभ पार्टीका दक्षिणपन्थी नेता पियर पलिएभलाई ट्रम्पजस्तै भनेर तुलना गरेर चुनाव प्रचार गरेपछि लिबरल पार्टीको भाग्य चम्किएको हो।

ट्रम्पसँग निकट रहेका ुटेस्लाु कम्पनीका मालिक इलन मस्क, पडकास्टर जो रोगन लगायत ट्रम्प समर्थक अमेरिकीले पनि पलिएभको तारिफ गर्थे। ट्रम्पले क्यानडाका जनतालाई चिढ्याउनुअघिसम्म पलिएभले चुनाव प्रचार गर्दा पनि ट्रम्पकै शैली अपनाएका थिए। पहिलो पटक राष्ट्रपति चुनाव लडेको बेला ट्रम्पले ुअमेरिका बर्बाद भएको छु भन्ने नारा दिएजस्तै पलिएभ पनि ुक्यानडा बर्बाद भएको छु भनेर नारा लगाउँथे।

तर, ट्रम्प कार्यकालको एक महिनामै पलिएभका लागि ट्रम्पको समर्थन र उनीसँगको समानता घाँडो भएको थियो। उनले आफ्नो प्रचार शैली फेरेर ुक्यानडा फर्स्टु को नारा लगाए पनि क्यानडेली जनताले उनको दलभन्दा लिबरल पार्टीले ट्रम्पको सामना बलियोसँग गर्नेछ भनेर लिबरललाई चुनाव जिताएका थिए। तर, यो मुद्दामा भने उनी पछि हटेका छन्।।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group