ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारको एक करोड अनुदान अस्वीकार गर्ने सेजनको निर्णय


abc news
१७ असार २०८२, मंगलबार   ४ : २८   बजे

काठमाडौ १७ असार । नेपाल आर्थिक पत्रकार समाज ९सेजन० ले सरकारले दिएको एक करोड रुपैयाँ अनुदान अस्वीकार गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२र०८३ को वार्षिक विकास कार्यक्रमको बजेट अन्तरगत सेजनलाई सञ्चालन अनुदान एक करोड रुपैयाँ विनियोजन गरेको थियो।

तर मंगलबार बसेको सेजन कार्यसमिति बैठकले कारण र तर्कसहित उक्त अनुदान स्वीकार गर्न नसकिने निर्णय गरेको अध्यक्ष सुजन ओलीले जानकारी दिए।

सेजनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग यस प्रकारका कुनै पनि बजेट माग नगरेको, हालसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट कुनै पनि निःशर्त अनुदान स्वीकार नगरेको जस्ता अनुदान अस्वीकारका कारण दिएको छ।

यस्तै सेजन र सेजनमा आबद्ध पत्रकारहरूले बजेट अनुशासन एवम् वित्तीय स्रोत उपयोगको प्रभावकारिता बारे सरकार र यसका निकायहरूमाथि खबरदारी गर्दै आएको दाबी गरिएको छ। यस्तो अनुदान स्वीकार गर्नु आफ्नै विरासत र संस्थागत मौलिकताको समेत विपरीत हुने सेजनको ठहर छ।

‘वित्तीय स्रोतको अभाव झेलिरहेको सरकारका लागि नागरिकको आधारभूत आवश्यकता र जीवन रक्षामा ठुलो लगानी गर्नु पर्ने आवश्यकता छ। जनताको करबाट प्राप्त स्रोतको नागरिक हितमा अधिकतम उपयोग गर्न सक्ने विकल्प छाडेर जिम्मेवार पत्रकारहरूको छाता संस्थाले बजेट उपयोग गर्नु हाम्रो पेसागत धर्म र मर्यादाको समेत खिलाफ हुने देखिएको,’ अध्यक्ष ओलीले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले आर्थिक पत्रकारका संस्थाहरूलाई एकरएक करोड अनुदान दिने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group