ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पको दाबी- इजरायल गाजामा ६० दिन युद्धविराम गर्न सहमत भयो


abc news
१८ असार २०८२, बुधबार   १० : ३७   बजे

काठमाडौ १८ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक सर्तमा सहमति जनाएको बताएका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘हामी युद्ध अन्त्य गर्न सबै पक्षसँग मिलेर काम गर्नेछौँ।’

यद्यपि उनले सर्तका विषयमा कुनै विवरण दिएका छैनन्।

ट्रम्पले अगाडि लेखेका छन्, ‘कतार र इजिप्टले शान्ति स्थापना गर्न धेरै कडा परिश्रम गरेका छन् र उनीहरूले यो अन्तिम प्रस्ताव प्रस्तुत गर्नेछन्। मलाई आशा छ( हमासले यो सम्झौता स्वीकार गर्नेछ। किनभने यसले स्थितिलाई राम्रो बनाउँदैन, झनै खराब बनाउनेछ।’

सुरुमा २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो। जमास १,२०० जना मारिए।

त्यसपछि इजरायलले गाजामा सैन्य हमला गरिरहेको छ।

हमासको स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायलको आक्रमणबाट अहिलेसम्म गाजामा कम्तीमा ५६ हजार ६४७ जनाको मृत्यु भइसकेको छ।

ट्रम्पले युद्धविरामबारे उक्त घोषणा अर्को हप्ता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग भेट गर्नुअघि गरेका हुन्।

ट्रम्पले मंगलबार नेतन्याहु पनि गाजामा शत्रुता अन्त्य गर्न चाहने बताएका थिए।

ट्रम्पले यो पनि भनेका छन्, ‘मलाई लाग्छ( हामी अर्को हप्ता सम्झौता गर्नेछौँ।’

बीबीसीका अनुसार गत हप्ता हमासका एक वरिष्ठ अधिकारीले मध्यस्थकर्ताहरूले गाजामा नयाँ युद्धविराम गर्न र बन्धक रिहा गर्न प्रयास तीव्र पारेको बताएका थिए। तर इजरायलसँगको वार्ता अझै अवरुद्ध छ।

गाजामा अहिले लगभग ५० जना इजरायली बन्धक छन्, जसमध्ये २० जना मात्र जीवित रहेको अनुमान छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group