ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हमाससँग वार्ताका लागि प्रतिनिधि मण्डल कतार पठाउने इजरायलको निर्णय


abc news
२२ असार २०८२, आइतबार   ६ : ३१   बजे

काठमाडौ २२ असार । ​​ इजरायलले गाजामा युद्धविराम र बन्धकहरूको रिहाइमा प्यालेस्टिनी विद्रोही समूह हमाससँग वार्ता गर्न कतारमा प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ ।

हमासको अस्वीकार्य मागका बाबजुद इजरायलले वार्ताका लागि प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको बीबीसीले जनाएको छ । हमासले कतार, अमेरिका र इजिप्टको मध्यस्थतामा रहेको योजनामा परिवर्तन चाहेको थियो ।

शुक्रवार राति हमासले ६० दिने युद्धविराम प्रस्तावलाई सकारात्मक प्रतिक्रिया दिँदै वार्ताका लागि तयार रहेको बताएको थियो । यद्यपि एक प्यालेस्टिनी अधिकारीका अनुसार हमासले स्थायी युद्धविरामको वार्ता असफल भएमा लडाइँ पुनः शुरू नहुने ग्यारेन्टीको माग गरेको छ ।

गाजामा नै हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले शनिवार इजरायली आक्रमण र गोलीबारीमा कम्तीमा ३५ जना प्यालेस्टिनीको ज्यान गएको बताएको छ । नजिकैको खान युनिस शहरको एक अस्पतालका अनुसार अल–मवासी क्षेत्रमा पालहरूमा बम विस्फोट हुँदा एक डाक्टर र उनका तीन बालबालिकासहित सात जनाको ज्यान गएको छ ।

शनिवार अबेर इजरायली प्रधानमन्त्रीको कार्यालयले विज्ञप्ति निकालेर युद्धविराम प्रस्तावमा हमासले गर्न खोजेको परिवर्तन अस्वीकार रहेको जनाएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको अवस्थाबारे चासो व्यक्त गर्दै युद्ध अन्त्यका लागि पहल गर्न इजरायल र हमासलाई आग्रह गर्नुभएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भोलि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई वाशिङ्गटनमा भेट्ने तय भएको छ । भेटमा महत्त्वपूर्ण घोषणा हुन सक्ने खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu