ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रेमिट्यान्समा रेकर्ड, जेठमै भित्रियो पौने २ खर्ब


abc news
२४ असार २०८२, मंगलबार   १ : १५   बजे

काठमाडौ २४ असार । चालु आर्थिक वर्ष जेठ महिनामा पौने २ खर्बको रेमिट्यान्स स्वदेश भित्रिएको छ । यो रकम वैशाख महिनाको तुलनामा करिब १० अर्बले धेरै हो ।

चालु आव १०औं महिना अर्थात् वैशाखमा १ खर्ब ६५ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको थियो । तर, जेठमा भित्रिएको रेमिट्यान्स बढेर १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आव २०८१र८२ १० महिना ९साउन–जेठ० सम्ममा विप्रेषण आप्रवाह १५।५ प्रतिशतले वृद्धि भई १५ खर्ब ३२ अर्ब ९३ करोड पुगेको छ । गत आव सोही अवधिमा विप्रेषण आप्रवाह १७।२ प्रतिशतले बढेको थियो ।

२०८२ जेठको विप्रेषण आप्रवाह १ खर्ब ७६ अर्ब ३२ करोड रहेको छ । अघिल्लो वर्ष सोही महिना यस्तो आप्रवाह १ खर्ब २८ अर्ब ९१ करोड थियो ।

चालु आव ११ महिना अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२।७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । गत आव सोही अवधिमा यस्तो आप्रवाह १५।२ प्रतिशतले बढेको थियो ।

चालु आव ११ महिनामा खुद द्वितीय आय १६ खर्ब ६८ अर्ब ३० करोड पुगेको छ । गत आव सोही अवधिमा यस्तो आय १४ खर्ब ४३ अर्ब १० करोड थियो ।

चालु आव जेठसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख ५२ हजार ३ सय २४ र पुनस् श्रम स्वीकृति लिनेको संख्या ३ लाख ८ हजार ६७ छ । गत आव सोही अवधिमा यस्तो संख्या क्रमशस् ४ लाख २१ हजार ३ सय ५६ र २ लाख ६१ हजार २ सय १० थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

साउनदेखि लागु हुने तलबमान सार्वजनिक, कसको कति ?

ग्वार्कोको फ्लाइओभरमा बस ठोक्कियो : महिलाको मृत्यु, १८ जना घाइते

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu