ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसका भ्रातृ संस्थाले समयमा महाधिवशेन गर्न नसके स्वत- भङ्ग हुने


abc news
२४ असार २०८२, मंगलबार   २ : ३०   बजे

काठमाडौ २४ असार । नेपाली कांग्रेसका भ्रातृ संस्थाहरूले गरेको प्रस्ताव गरेको मितिमा महाधिवेशन गर्न नसके स्वतः भङ्ग हुने भएका छन् ।

पार्टी केन्द्रीय समिति बैठकले महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरुलाई उनीहरुले प्रस्ताव गरेको समयावधि उपलब्ध गराएको छ । भ्रातृ संस्थाहरुले फरक(फरक समयमा महाधिवेशन गर्ने गरी पार्टीलाई प्रस्ताव गरेका छन् । माघसम्म सबै भ्रातृ संस्थाको महाधिवशेन सक्ने तयारी गरिएको छ ।

नेविसंघ, तरुण दल, महिला संघ, दलित संघ, किसान महासंघ, थारू संघ र नेपाल लोकतान्त्रिक खेलकूद संघले महाधिवेशन गर्न सकेका छैनन् ।

२०८१ चैत्र मसान्तभित्र महाधिवेशन गर्नै पर्ने र गर्न नसकेमा स्वतः पदावधी समाप्त हुने भनि यसअघि पनि पार्टीले निर्देशन दिएको थियो । पार्टी बैठकले तदर्थ समितिले २०८१ चैत्र मसान्तपछि गरेका सबै निर्णय खारेज गर्ने निर्णय गरेको छ।

प्रस्तावित कार्यतालिका अनुसार महाधिवेशन गराउन पार्टीका तर्फबाट निर्देशक समितिलाई कार्यादेश दिइने भएको छ । अधिवेशन गराउन पार्टी केन्द्रीय समितिबाट प्रत्येक भ्रातृ संस्थाका लागि ३÷३ जना हुने गरी निर्देशक समिति बनाइएको छ ।

महाधिवेशन गर्नका लागि हरेक भ्रातृ संस्थामा व्यवस्थापन समिति समेत गठन गरिने भएको छ ।

‘महाधिवेशन तयारी र व्यवस्थापनमा सहजीकरणका लागि पार्टीले सम्बन्धित संघको मौजुदा तदर्थ समितिका अध्यक्ष सहित महाधिवेशन व्यवस्थापन समिति बनाउनेछ,’ पार्टी निर्णयमा भनिएको छ,‘तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्न पार्टीका प्रदेश, जिल्लालगायतका सबै तहगत समिति र अन्य सम्बन्धित सबैले निर्देशन समितिलाई आवश्यक समन्वय, सहयोग र सहजीकरण गर्नु पर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

साउनदेखि लागु हुने तलबमान सार्वजनिक, कसको कति ?

ग्वार्कोको फ्लाइओभरमा बस ठोक्कियो : महिलाको मृत्यु, १८ जना घाइते

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu