ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवामा आएको बाढीको कारण हिमताल विस्फोट हुनसक्ने अनुमान


abc news
२४ असार २०८२, मंगलबार   २ : ४१   बजे

काठमाडौ २४ असार । रसुवामा रहेको नेपाल–चीन सीमामा बग्ने लेन्डेखोलामा आएको बाढीका कारण कम्तीमा १८ जना बेपत्ता भएका छन् । हराउनेमध्ये नेपाल प्रहरीका तीन जना, तीन जना गाडी चालक, ६ जना नेपाली कामदार र ६ जना चिनियाँ नागरिक रहेका रसुवाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।

बाढीले दुई देश जोड्ने मितेरी पुल बगाएको छ । बाढीले रसुवागढी भन्सार कार्यालय आसपासमा रहेका मालवाहक कन्टेनरहरू र अरू गाडीहरू पनि बगाएको छ । रसुवाको स्याफ्रुबेँसीदेखि रसुवागढी नाकासम्मको सडक बन्द भएको छ ।

त्यस्तै रसुवा जलविद्युत् आयोजनाको बाँधमा आंशिक क्षति पुगेको छ । बाढीका कारण विद्युतीय गाडीको चार्जिङ स्टेशनमा क्षति भएको र सात–आठ वटा गाडी बगाएको, भन्सार कार्यालय रसुवा र रसुवागढी जलविद्युत् आयोजनाको बाँधमा पनि क्षति भएको प्रहरीले जनाएको छ ।

बाढीको प्रभाव नुवाकोटमा समेत परेको छ । लेन्डेखोलामा पानीको सतह विस्तारै घट्न थालेको प्रहरीले जनाएको छ । बाढीमा फसेकाहरूलाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ ।

प्रभावित मानिसहरूलाई रसुवाको टिमुरेबाट निजी हवाई सेवा प्रदायक कम्पनीहरूले पनि उद्धार गरेका छन् । उद्धारका लागि पालिका सरकार, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोलीहरू खटेका छन् ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार तिब्बत क्षेत्रबाट एक्कासी ठूलो बाढी प्रवेश गरेको हो । त्यो बाढी वर्षाका कारण नभई हिमताल विस्फोटका कारण उत्पन्न भएको हुनसक्ने महाशाखाको अनुमान छ ।

महाशाखाका अनुसार विश्व मौसम सङ्गठनको ुफ्ल्याश फ्लड गाइडन्स सिस्टमु को ुग्लोबल हाइड्रोएस्टिमेटर स्याटलाइट–बेस्ड प्रिसिपिटेशन एस्टिमेट्सु ले भोटेकोशी जलाधार क्षेत्रमा विगत २४ घण्टामा वर्षा भएको देखाउँदैन ।

महाशाखाले विज्ञप्त िनिकालेर बाढीको सम्भावित कारण पत्ता लगाउन ुसेन्टिनल एशिया प्ल्याट्फर्मु मा तत्कालको भू–उपग्रह तस्वीर प्राप्त गर्न ुइमर्जेन्सी अब्जर्भेशन रिक्वेस्टु ९ईओआर० जारी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

साउनदेखि लागु हुने तलबमान सार्वजनिक, कसको कति ?

ग्वार्कोको फ्लाइओभरमा बस ठोक्कियो : महिलाको मृत्यु, १८ जना घाइते

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu