ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधव नेपालको राजीनामा मागेर झलनाथ लागे चीनतिर


abc news
२४ असार २०८२, मंगलबार   ८ : १९   बजे

काठमाडौ २४ असार । राजनीतिक जीवनको उत्तरार्द्धमा भ्रष्टाचार आरोप खेपेर असहज अवस्था झेलिरहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग उनका पुराना सहयात्री झलनाथ खनालले अध्यक्षबाट राजीनामा दिन माग गरेका छन्।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष नेपालको राजीनामा माग गर्दै उनको राजीनामाले ‘पार्टी र नेपाल दुवैलाई हित गर्ने’ बताएका हुन्।

गएको सातादेखि जारी एकीकृत समाजवादीको सचिवालय बैठकमा आइतबार आफ्ना लिखित धारणा राख्दै नेता खनालले अध्यक्ष नेपालको राजीनामा मागेको पार्टीका एक पदाधिकारीले जानकारी दिए।

‘आइतबार दिउँसोको सचिवालय बैठकमा उहाँले आफ्ना धारणाहरू लिखित रूपमा राख्नुभयो,’ एकीकृत समाजवादीका एक पदाधिकारीले भने ‘त्यसक्रममा उहाँले मूलतः दुइटा कुरा राख्नुभयो। पहिलो, अध्यक्ष नेपालले जिम्मेवारीबाट मुक्त हुनु नै पार्टीका लागि राम्रो हुने बताउनुभयो। अर्को, रामकुमारी झाक्रीमाथि कारबाही गर्न नहुने उहाँको धारणा थियो।’

आइतबारको सचिवालय बैठकमा दिउँसो आफ्ना धारणा राखेर राति चीनतिर लागेका पूर्वप्रधानमन्त्री खनालले पार्टी अध्यक्ष नेपालमाथि भ्रष्टाचारको गम्भीर आरोप लागेको र अख्तियारले मुद्दा नै दायर गरिसकेको अवस्थामा उनले अध्यक्ष पद छाड्दा सबैभन्दा उत्तम हुने बताएको ती नेताले जानकारी दिए।

एकीकृत समाजवादीका नेताहरूका अनुसार पार्टीको सचिवालयमा अध्यक्ष नेपालको एकछत्र प्रभाव छ। जहाँ खनाल अल्पमतमा छन्। त्यसैले पार्टी सचिवालयमा उनको धारणाको सुनुवाइ हुने सम्भावना कमजोर छ।

‘उहाँको लिखित धारणाबारे अहिले बाहिर कुरा नगर्ने सहमति बैठकमा भएको छ,’ पार्टीका एक पदाधिकारीले भने, ‘फेरि उहाँ अहिले चीन भ्रमणमा हुनुहुन्छ। तर, उहाँले अध्यक्षको राजीनामा मागिसकेपछि बैठकमा पहिले बोलिसकेकाहरूले फेरि बोल्ने क्रम चलिरहेको छ। अधिकांशले खनालको प्रस्ताव खारेज गर्नुपर्ने मत राखेका छन्।’

त्यस्तै पार्टी स्थायी कमिटी सदस्य रामकुमारी झाक्रीले लुम्बिनीको कार्यक्रममा अध्यक्ष नेपाल लक्षित गर्दै अर्ली महाधिवेशन गर्नुपर्ने बताएकी थिइन्। त्यसक्रममा उनले ‘मरेको सिनो काँधमा बोकेर हिँड्न नसक्ने’ अभिव्यक्ति समेत दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group