ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टोखामा माइक्रोले ठक्कर दिँदा पठाओ चालक २४ वर्षीय युवकको मृत्यु


abc news
२५ असार २०८२, बुधबार   ११ : २०   बजे

काठमाडौ २५ असार । काठमाडौँको टोखामा ईभी गाडीले ठक्कर दिँदा पठाओ चालकको मृत्यु भएको छ।

टोखा नगरपालिका( ६ ग्राण्डि सडक खण्डमा बा।प्र(०१ ००२ ज ७३७८ नम्बरको ईभी माइक्रोले बा।प्र(०२(०४४ प ६४०५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा २४ वर्षीय युवकको मृत्यु भएको हो। घटना मंगलबार दिउँसो साढे ३ बजेतिरको हो।

मृत्यु हुनेमा सर्लाहीको हरिवन नगरपालिका(१ बिलन्दी घर भइ हाल भक्तपुरको थलीमा बस्दै आएका २४ वर्षीय सोनाम योञ्जन छन्।

उनको शव हाल ग्राण्डी अस्पतालमा राखिएको छ। दुर्घटनामा गम्भीर घाइते भएका योञ्जनको उपचारको क्रममा ग्राण्डी अस्पताल टोखामा मृत्यु भएको प्रहरीले जनाएको छ।

तर, मृतकका बुवा राजकुमार योञ्जनले भने घटना शंकास्पद देखिएको बताएका छन्। आफ्नै लेनमा रहेको स्कुटरलाई अगाडीबाट आएको माइक्रोले ठक्कर दिँदा छोराको मृत्यु भएको उनले बताए। मृतकको शव अहिले ग्राण्डी अस्पतालमै छ।

घटनाको निष्पक्ष छानविन गरि दोषीमाथि कारबाहीको माग गर्दै पीडित पक्षले शव बुझन् मानेका छैनन्।

मलेसियामा रोजगारी गरेर स्वदेश फर्किएका सोनामले एक वर्षदेखि काठमाडौँमा पठाओ चलाउँदै आएका थिए।

फुर्सदको बेला उनी मार्केटिङ पनि गर्थे। ‘आफ्नै देशमा केही गर्छु भनेर स्वदेश फर्किएको थियो,’ मृतक युवकका बुवा राजकुमारले भने, ‘उसको मृत्यु हुँदा नौ महिनाको नाती टुहोरो भयो, हामीले छोरा गुमायौँ।’

उनले घटना शंकास्पद देखिएको भन्दै प्रहरीलाई निस्पक्ष छानविन गर्न आग्रह गरे। ‘हामीलाई आज चक्रपथ प्रहरीले छलफलका लागि बोलाएको छ, म त्यता जाँदै छु,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group