ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मामा– माइजूको हत्या आरोपमा २२ वर्षपछि पक्राउ परे केदारसिंह थापा


abc news
२६ असार २०८२, बिहिबार   ९ : २२   बजे

काठमाडौं, २६ असार । सिन्धुलीमा आफ्नै मामामाइजूको विभत्स हत्या गरेर फरार भएको आरोपमा एक जना व्यक्ति २२ वर्षपछि पक्राउ परेका छन् ।

दुधौली नगरपालिका–१३ का एक दम्पतीको हत्या गरेर फरार भएको आरोपमा लागेका केदारसिंह थापालाई प्रहरीले पक्राउ गरेको हो । थापाले २०६० साल पुस ६ गते राति धारिलो हतियार प्रयोग गरी ४५ वर्षका रत्नबहादुर कार्की र दुर्गामाया कार्कीको हत्या गरी फरार भएको आरोप छ । थापाको घर उदयपुरको कटारी हो । थापालाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले दाङको लमही नगरपालिका–९ जलकुण्डीबाट पक्राउ गरेको हो ।

हत्यापछि विभिन्न ठाउँमा लुकेर बसेका उनलाई नेपाल प्रहरीले विशेष सूचनाका आधारमा गत असार २३ गते पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए।
सुवेदीका अनुसार प्रहरीको निरन्तर अनुसन्धानपश्चात् घटनामा संलग्न भनिएका प्रतिवादी थापालाई लुकिछिपि बस्दै गरेको अवस्थामा पक्राउ गरिएको हो । ‘यो हत्या प्रकरण सिन्धुली प्रहरीको लागि मात्र होइन, सम्पूर्ण प्रहरी संगठनका लागि चुनौतीपूर्ण अनुसन्धान थिय’, उनल् भने , ‘फरार अभियुक्तलाई २२ वर्षपछि पक्राउ गर्न सफल हुनु हाम्रो लागि ठूलो उपलब्धि हो। अब पीडित परिवारले न्याय पाउने मार्ग खुलेको छ।’कार्की दम्पती थापाका कान्छो मामामाइजू हुन् । घटनापछि मृतकका छोरा दुर्गाबहादुर कार्कीले थापाविरुद्ध किटानी जाहेरी दिएका थिए ।

मामा–भान्जाबीचको आर्थिक लेनदेनको विषयले हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । थापा केही वर्ष विदेशमा बसेर आएका थिए । मामा–भान्जाबीचमा जग्गा किन्ने विषयमा आर्थिक लेनदेन भएको थियो तर पछि मामाले जग्गा पास गर्न नमानेपछि हत्या भएको प्रहरीको भनाइ छ । अभियुक्त थापालाई जिल्ला अदालत सिन्धुलीबाट म्याद गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित नेपाललाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहयोग

विपद्मा नेपालसँगै छ दक्षिण कोरिया, खोज–उद्धार र राहतबारे परराष्ट्रमन्त्रीबीच छलफल

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu