ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवागढीको बाढीमा बेपत्ताको खोजी चल्दै


abc news
२६ असार २०८२, बिहिबार   ११ : ५७   बजे

काठमाडौ २६ असार । अस्ति मङ्गलवार नेपाल–चीन सिमानाका भएर बग्ने रसुवाको ल्हेन्देखोलामा अकस्मात आएको भीषण बाढीमा परी बेपत्ता भएका १९ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बाढीमा परी ज्यान गुमाएका नौमध्ये आठ जनाको शव सङ्कलन गरी काठमाण्डौ ल्याइएको छ । प्रहरीका अनुसार अहिले भेटिएको शव त्यही बेपत्तामध्येको हो कि होइन भनेर पहिचान हुन बाँकी छ ।

बाढीमा अझै दुई प्रहरी, ११ जना नेपाली नागरिक र ६ चिनिया नागरिक बेपत्ता रहेका प्रहरीले जनाएको छ । बेपत्ताहरूको खोजीका लागि रसुवा, नुवाकोट, धादिङ, चितवन र नवलपरासीसम्म प्रहरी परिचालन गरिएको छ ।

बाढीमा फसेका ५७ जनाको सकुशल उद्धार भएको प्रहरीले जनाएको छ । बाढीले नेपाल चीन सीमा क्षेत्रको मितेरी पुलसँगै २४ वटा कन्टेनर, छ वटा ट्रक र ३५ वटा विद्युतीय गाडी बगाएको छ ।

बाढीका कारण सडक चर्किँदा रसुवाको धुन्चेदेखि टिमुरे जाने सडक अवरुद्ध भएको छ । रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालय रसुवाको यार्डमा समेत क्षति भएको छ ।

नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाई अवरुद्ध रहेको सडक सञ्चालनका लागि सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

बाढीका कारण करिब २३५ मेगावाट विद्युत् उत्पादन अवरुद्ध भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सबैभन्दा ठूलो क्षति रसुवागढी जलविद्युत् आयोजनामा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी, राजमार्ग केहीबेर अवरुद्ध

बेलायतमा हुनेछ ‘निम्स दाइ’को अन्तिम बिदाइ, शव ब्रड पिकबाट बेसक्याम्प ल्याइयो

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu