ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा बाढीमा बेपत्ता २० जनामध्ये १ प्रहरीको सनाखत, ४ शव र ४ मानव अंग टिचिङ अस्पतालमा


abc news
२६ असार २०८२, बिहिबार   १२ : २५   बजे

काठमाडौ २६ असार । मंगलबार बिहान रसुवागढीस्थित भोटेकोसी नदीमा अचानक आएको बाढीमा परी बेपत्ता २० जनामध्ये अहिलेसम्म एक जनाको शव मात्र पहिचान भएको छ।

रसुवा जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले आज बिहीबार० बिहान १० बजे दिएको जानकारी अनुसार चितवनको १५ किलोस्थित त्रिशूली नदी किनारमा मृत भेटिएकाप्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको मात्र सनाखत भएको हो।

उनको समेत हालसम्म ५ वटा शव र चार जनाको मानव अंग फेला परेको उनले बताए।

सबै शव तथा मानव अंग काठमाडौँको महारा‍जगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए। ती कसका शव तथा मानव अंग कसका हुन् भन्ने पत्ता लगाउने प्रयास जारी छ।

बाढीमा बेपत्तामध्ये अझै १९ जनाको अवस्था थाहा हुन बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए।

बाढीमा अझै २ प्रहरी, ६ चिनियाँ नागरिक र ११ नेपाली बेपत्ता छन्।

बाढीले नेपाल(चीन सीमा क्षेत्रको मितेरी पुल, २४ वटा कन्टेनर, ६ वटा ट्रक र ३५ वटा इभी गाडी बगाएको छ।

धुन्चेदेखि टिमुरे जाने सडक बन्द छ।

रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालय रसुवाको यार्डमा पनि क्षति भएको छ।

बेपत्ताहरू पत्ता लगाउन विभिन्न जिल्लाका नदी तटीय क्षेत्रमा खोजी जारी राखिएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सञ्जय सिंह थापाले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित नेपाललाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहयोग

विपद्मा नेपालसँगै छ दक्षिण कोरिया, खोज–उद्धार र राहतबारे परराष्ट्रमन्त्रीबीच छलफल

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu