ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माछा पाल्न खनिएको पोखरीमा डुबेर १५ वर्षीय बालकको मृत्यु


abc news
२६ असार २०८२, बिहिबार   १ : ३१   बजे

काठमाडौ २६ असार । माछा पाल्न भनेर बनाइएको पोखरीमा डुबेर रूपन्देहीको तिलोत्तमामा एक बालकको मृत्यु भएको छ।

तिलोत्तमा नगरपालिका वडा नं। ७ भलवारिका १५ वर्षीय प्रज्ञान गौतमको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्र रानाका अनुसार बुधबार साँझ घर नजिकै माछा पाल्न भन्दै एक व्यवसायीले खनेर राखेको पोखरीमा पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको हो।

तीन चार जना साथीसँग खेल्न भन्दै गएका प्रज्ञान साँझ ६ बजेतिर पौडी खेल्ने क्रममा पोखरीमा डुबेका थिए।

बालक पोखरीमा डुबेको भन्दै साँझ ७ बजेतिर खबर आएपछि उद्धारको लागि गएको प्रहरीले राति १० बजे मात्रै पोखरीमा डुबेका बालकलाई बाहिर निकाल्न सकेको प्रहरी नायब उपरीक्षक रानाले जानकारी दिए।

तिलोत्तमा नगरपालिका वडा नं। ७ का वडा अध्यक्ष देवीप्रसाद पङ्गेनीका अनुसार स्थानीय व्यवसायी नारायण बन्जाडेले व्यावसायिक रूपमा माछा पाल्ने भन्दै पोखरी निर्माण गरेका थिए।

उनले पोखरीको चारैतर्फ पर्खाल उठाएर गेट राख्न मात्र बाँकी थियो।

पोखरीको गेट खुला देखेपछि पौडी खेल्न गएका बालक पोखरीको दलदलमा गडेपछि पौडी खेलेर माथि निस्किन नसक्दा मृत्यु भएको वडा अध्यक्ष पङ्गेनीले जानकारी दिए।

पङ्गेनीका अनुसार पोखरीमा १० फिटभन्दा गहिरो पानी भरिएको छ भने पिँधमा माटो पग्लिएर दलदल बनेको छ।

गहिरो र दलदल सहितको पोखरीमा डुबेका बालकलाई तीन घण्टाको खोजीपछि प्रहरीले बाहिर निकालेको पङ्गेनीले जानकारी दिए।

अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा पोस्टमर्टम गरी अन्तिम संस्कारका लागि बालकको शवलाई घरमा ल्याइएको वडा अध्यक्ष पङ्गेनीले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुनसरी घटनादेखाउँदै तिब्बती अध्ययन सम्मेलन

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी, राजमार्ग केहीबेर अवरुद्ध

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu