ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्याफ्रुबेशी र रसुवागढीमा अस्थायी पदमार्ग निर्माण, ४८५ जना गन्तव्यतर्फ लागे


abc news
२६ असार २०८२, बिहिबार   ३ : २६   बजे

काठमाडौ २६ असार । असार २४ गते मध्यरातमा भोटेकोसीमा आएको बाढीका कारण पूर्ण रुपमा बन्द भएको स्याफ्रुबेशी र रसुवागढी सडकखण्डमा अस्थायी पदमार्ग बनाइएको छ।

पदमार्ग बनेसँगै ४ सय ८५ भन्दा बढीलाई सुरक्षाकासाथ गन्तव्यतर्फ पुर्याइएको सशस्त्र प्रहरीले जनाएको छ। साथै, भन्सार कार्यालय यार्डमा फसेका २ वटा कन्टेनर र १ ईभी गाडीलाई सुरक्षित स्थानमा सारिएको छ।

भोटेकोसीशी नदीमा आएको बाढीले ठूलो जनधनमा क्षती पुर्‍याउनुकोसाथै बाढीमा परी सुरक्षाकर्मीसहित स्थानीय सर्वसाधारण बेपत्ता भएका छन्। बेपत्ता भएकाहरूमा ३ सुरक्षाकर्मीसहित १४ जना नेपाली र ६ जना चिनियाँ नागरिक छन्।

हालम्म ४ जनाको शव फेला परेको छ भने ५ वटा मानव अंग मात्र फेला परेको छ। फेला परेको शवमध्ये १ वटा शवको मात्र पहिचान हुनसकेको छ भने अन्य शव र मानव अंग त्रिवि शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ।

उक्त शव तथा मानवअंग धादिङ्गको गजुरी गाउँपालिका–६ बेल्खु, गल्छी गाउँपालिका–२ केउरेनिटार, बेनिघाट रोराङ गाउँपालिका–३ लामाबगर र चरौदी, गजुरी गाउँपालिका–२ मलेखु, नुवाकोट जिल्लाको विदुर–३ शिरखाली र मरनपाटी, रसुवाको उत्तरगया गाउँपालिका–५ उत्तरगयाधाम खोलाको किनारा तथा त्रिशूली नदीको किनारामा फेला परेको थियो।

ल्हेन्दे खोलामा आएको लेदोसहितको बाढी भोटेकोसीमा मिसिँदा सो नदीले उग्ररुप लिई रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका–२ रसुवागढीमा रहेको नेपाल–चीन जोड्ने पुलमा समेत क्षति पुर्‍याएको छ। नेपाल–चीन भन्सार नाका जोड्ने बाटो हाल अवरुद्ध भएको छ। उक्त क्षेत्रमा विद्युतीय लाईन अवरुद्ध छ भने संचारका साधनहरूले समेत काम गर्न छाडेको छ।

सो क्षेत्रमा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय सर्वसाधरणहरू समेत खटिएका छन्।

नेपाली ५० जना, चिनियाँ नागरिका १ जना भारतीय नागरिक ४ जना गरी ५५ जनाको असार २४ गते सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ४ महिला र ५१ पुरुष छन्।

२३ जनालाई नेपाली सेनाको हेलिकेप्टरद्वारा सकुशल उद्धार गरिएको छ भने अन्य व्यक्तिलाई विभिन्न उद्धार सामग्रीको सहयोगले उद्धार गर्न सफल भएको सशस्त्रले जनाएको छ।

त्यस्तै भोटेकोसी नदीमा आएको बाढीले जोखिममा रहेका घरपरिवारका १ सय ६५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। विभिन्न निजी कम्पनीको हेलिकप्टरद्वारा असार २४ र २५ गते उनीहरूलाई सुरक्षित स्थानमा सारिएको हो।

भोटेकोसीमा आएको बाढीले ४२ वटा ईभी गाडी, २३ वटा कार्गोसहितको कन्टेनर ट्रक, ६ वटा ट्रक लगायत लोडर, एक्जाभेटर, ८ वटा हेभी इक्युपमेन्ट, ३० वटा वेल्डिङ मेसिन र २० वटा ग्राण्डिङ मेसिन बगाएको छ। भन्सार क्षेत्रमा रहेको ईभी गाडीका चार्जिङ्ग स्टेसन, रसुवागढी जलविद्युत आयोजनाको ड्याम, हेडवर्क्स र लेवर क्याम्प, चिलिमे जलविद्युत आयोजनाको सुरुङ्गमार्गमा समेत क्षति पुर्‍याएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जनाएका छन्।

बेपत्ता व्यक्तिको खोज, उद्धार तथा पुनर्निर्माणमा समेत जिल्ला समितिको बैठक बसी जिल्लाका सम्पूर्ण संयन्त्रलाई सक्रिय बनाइएको सशस्त्रको भनाई छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी, राजमार्ग केहीबेर अवरुद्ध

बेलायतमा हुनेछ ‘निम्स दाइ’को अन्तिम बिदाइ, शव ब्रड पिकबाट बेसक्याम्प ल्याइयो

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu