ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कलाक्षेत्रको साइबर अपराध हेर्ने गरी ‘फोकल पर्सन’ तोक्न गृहमन्त्रीको निर्देशन


abc news
२६ असार २०८२, बिहिबार   ४ : २७   बजे

काठमाडौ २६ असार । गीतसंगीत र कला क्षेत्रमा हुने साइबर अपराध र विकृति रोक्न प्रहरीको साइबर ब्युरोमा ‘फोकल पर्सन’ तोकिने भएको छ ।

विहिबार दिउँसो मन्त्रालयमा पुगेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको डेलिगेसन टोलीलाई गृहमन्त्री रमेश लेखकले उक्त जानकारी दिएका हुन् ।

सो अवसरमा उपस्थित प्रहरी महानिरीक्षक दीपक थापा र साइबर ब्युरो प्रमुख तथा प्रहरी नायव महानिरिक्षक नबीन्द अर्याललाई गृहमन्त्री लेखकले ब्युरोमा फोकस पर्सन तोकेर काम अघि बढाउन निर्देशन दिए ।

गृहमन्त्री लेखकले सामाजिक संजाल र डिजिटल प्लाटफर्ममा हुने विकृति र त्यसको रोकथामको लागि निष्कर्षसहित अघि बढ्ने बताए ।

उनले भने, ‘गीतसंगीतको मार्फत समाजमा विद्धेष, घृणा फैलाउने, समाज समाजको बीचमा, व्यक्ति व्यक्तिको बीचमा, भाषाभाषीको बीचमा, एकअर्काप्रति अपहेलना गर्ने, अपमान गर्ने, लान्छना लगाउने कार्य रोक्न निष्कर्ष निकालेर अघि बढ्छौं’ गृहमन्त्री लेखकले भने ।

यही सन्दर्भमा उनले कला क्षेत्रको साइबर मामिलालाई हेर्ने गरि फोकल पर्सन तोकेर काम गर्न निर्देशन दिएका हुन् ।

प्रहरी महानिरीक्षक थापाले यस्तो समस्या आए प्रहरीमा उजुरी दिन आग्रह गरे । ‘गीतसंगीत र दोहोरीको नाममा विकृति छन् । बच्चा, नातिनातिनी, छोराछोरीसँग बसेर टिकटक र गीत हेर्ने अवस्था छैन । यसको अन्त्य गर्न हामी लाग्छौं’ उनले भने ।

सो अवसरमा प्रतिष्ठानकी अध्यक्ष थापासहित पुगेका कलाकारले लोकसंगीत क्षेत्रमा विकृति विसंगति देखिएको र यसको रोकथामको लागि राज्य गम्भीर हुनुपर्ने बताएका थिए ।

सो अवसरमा अन्य कलाकार शिव हमाल, बद्री पँगेनी, पूर्णकला बीसी, पुष्कल शर्मा, सम्झना भण्डारी, कुलेन्द्र विश्वकर्मा, सुरेश अधिकारी, श्रीकृष्ण बम मल्ल लगायत पुगेका थिए ।

आजै राष्ट्रिय लोकसंचारकर्मी नेपालले पनि गृहमन्त्री लेखकलाई अलग्गै ध्यानाकर्षण पत्र बुझाउँदै तीज पर्वमा अश्लिल र अमर्यादित गीत आएको र यसलाई रोक्न माग गरेको छ । पत्र बुझ्दै गृहमन्त्री लेखकले रोकथाममा सरकार गम्भीर रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी, राजमार्ग केहीबेर अवरुद्ध

बेलायतमा हुनेछ ‘निम्स दाइ’को अन्तिम बिदाइ, शव ब्रड पिकबाट बेसक्याम्प ल्याइयो

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu