ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६ खर्ब नाघ्यो बैंकहरूको राष्ट्र बैंकमा रहेको निक्षेप


abc news
२६ असार २०८२, बिहिबार   ४ : ४८   बजे

काठमाडौ २६ असार । राष्ट्र बैंकको तथ्यांक अनुसार ९हिजो० बुधबारसम्म बैंकहरूले राष्ट्र बैंकमा राखेको रकम ६ खर्ब रूपैयाँ नाघेको छ।

चालु आर्थिक वर्षमा यसरी राखिएको रकम पहिलो पटक ६ खर्ब नाघेको हो।

एक वर्षभन्दा लामो समयदेखि बैंकहरूमा पैसा थुप्रिएको छ। पैसा थुप्रिए पनि त्यही अनुसार बैंकहरूले कर्जा लगानी बढाउन नसक्दा राष्ट्र बैंकले उब्रिएको रकम तान्ने गर्छ।

राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत बैंकहरूमा उब्रिएको रकम तान्ने गर्छ। त्यस्तै, पुँजी कम हुँदा बैंकहरूको प्रणालीमा पैसाको प्रवाह बढाउने गर्छ।

निक्षेप संकलन र स्थायी निक्षेप सुविधा जस्ता वित्तीय उपकरण मार्फत विभिन्न अवधिको लागि राष्ट्र बैंकले बैंकहरूबाट पैसा तान्ने गर्छ।

राष्ट्र बैंकको तथ्यांक अनुसार अहिले बैंकहरूले यसरी राखेको रकम ६ खर्ब चार अर्ब ८५ करोड रूपैयाँ पुगेको छ।

कर्जा लगानी बढ्न नसक्दा अहिले बैंकिङ प्रणालीमा सात खर्ब हाराहारी रकम ९तरलता० रहेको छ।

केही समय अघि बैंकहरूले यसरी राष्ट्र बैंकमा राख्न थालेको रकम घट्दै दुई खर्ब ३३ अर्बमा सीमित हुन थालेको थियो।

ल्अज
िल्अभिि
सोभन्दा अघि पनि यस्तो रकम चार खर्बसम्म पुगेको थियो। अहिले फेरि यस्तो रकम बढ्न थालेकोले बैंकहरूमा अहिले धेरै रकम भित्रिरहेको तर त्यही अनुसार कर्जा लगानी नभइरहेको यसले संकेत गर्छ।

कर्जा लगानी जति कम भयो यसरी राखिने रकम बढ्दै जान्छ भने जति बढ्दै गयो, यसरी राखिने रकम त्यति नै कम हुँदै जान्छ।

बैंकहरूले आफूसँग भएको सबै रकम कर्जा लगानी गर्न पाउँदैनन्। निक्षेप झिक्न आउने सर्वसाधारण लगायतलाई दिनुपर्ने भुक्तानी नरोकियोस् भनेर निक्षेप संकलन, चुक्ता पुँजी लगायत रकमको कम्तीमा २० प्रतिशत तरल सम्पत्तिको रूपमा राख्छन्।

जतिबेला चाहिन्छ त्यो बेला झिक्न सकियोस् भनेर बैंकहरूले यस्तो सम्पत्तिको रूपमा राखेका हुन्छन्।

यस्ता सम्पत्ति भनेको सरकारी ऋणपत्रहरू नै हुन्। केही रकम नै पनि बैंकहरूले राष्ट्र बैंकमा राख्छन्।

त्यस बाहेक राष्ट्र बैंकले बैंकमा बढी पैसा हुँदा तान्न र आवश्यक पर्दा पठाउने गरी विभिन्न वित्तीय उपकरण जारी गरिरहेको हुन्छ।

राष्ट्र बैंकले बुधबार पनि बैंकहरूको प्रणालीबाट २४ अर्ब रूपैयाँ खिचेको छ। राष्ट्र बैंकले ६३ दिनको लागि यसरी निक्षेप तानेको हो।

केही महिना अघिसम्म राष्ट्र बैंकले प्रायः सात दिनको लागि बैंकहरूबाट यसरी रकम खिच्ने गरेको थियो। तर, प्रणालीबाट यसरी रकम खिचिरहँदा पनि तरलता अधिकको समस्या हल नभएपछि जेठ यता लामो अवधिको लागि पैसा खिच्न थालेको छ।

अहिले बैंकहरूमा निक्षेप रकम समेत ७१ खर्ब ८८ अर्ब रूपैयाँ पुगेको छ। कर्जा लगानी भने कुल ५५ खर्ब ८८ अर्ब रूपैयाँ छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group