ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जन्मका आधारमा नागरिकता विवाद : ट्रम्प प्रशासनलाई अदालतले फेरि रोक्यो


abc news
२७ असार २०८२, शुक्रबार   ६ : ५५   बजे

वाशिङ्टन, २७ असार । अमेरिकामा बर्थ राइट सिटिजनसिपको विवाद फेरि बढेको छ। केही दिन अघि ट्रम्पको बर्थराइट सिटिजनसिप खारेजीको निर्णय लागु गर्न सर्वोच्चले ग्रिन सिग्नल दिए पनि बिहीबार हम्पसायरका न्यायाधीशले राष्ट्रपति ट्रम्पको आदेशको तत्काल कार्यान्वयनमा रोक लाग्ने गरी नयाँ कानुनको पक्षमा निर्णय गरेका छन्।

आप्रवासीका अभिभावकको तर्फबाट अमेरिकी सिभिल लिबरिटिज युनियनले राखेको नयाँ कानुनी व्यवस्थाको पक्षमा न्यायाधीशले निर्णय गरेका हुन्।

‘क्लास एक्सन ल सुट’ नामको सो नयाँ प्रावधानको विरुद्धमा ह्वाइट हाउसले धारणा राखी सकेको छ। ‘सर्वोच्च अदालतको निर्णयको बर्खिलाप जान नपाउने विश्वव्यापी मान्यताको विरुद्धमा यो निर्णय भएको छ’, ह्वाइट हाउसका प्रवक्ता हेरिसन फिड्सले जारी विज्ञप्तिमा भनिएको छ।

अमेरिकाको संविधान अनुसार त्यहाँ जन्मने बच्चाले स्वतः नागरिकता पाउने छन्। राष्ट्रपति ट्रम्पले कागजात नभएका आप्रवासी तथा छोटो समयका लागि त्यहाँ आउनेको हकमा यो निर्णय लागु नहुने गरी निर्णय गरेका छन्। राष्ट्रपतिको यो निर्णय पनि कानुनी लडाइँ चली रहेको छ।

बिहीबार न्यायाधीशले यसमा चित्त नबुझे पुनरावेदनका लागि सरकारलाई सात दिनको समय दिएका छन्। राष्ट्रपति ट्रम्प प्रशासन बिहीबार नै यस निर्णयको विरुद्धमा माथिल्लो अदालतमा गइसकेको छ। न्यायाधीशको राष्ट्रपतिको निर्णय रोक्ने कुनै अधिकार नभएको भन्दै ट्रम्प प्रशासनले पनि अर्को कानुनी बाटोको खोजी गरेको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group