ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लघुवित्तले स्थिर ब्याजदर प्रकाशन गर्नुपर्ने


abc news
२७ असार २०८२, शुक्रबार   ११ : ०१   बजे

काठमाठौ २७ असार । लघुवित्त संस्थाले अबदेखि स्थिर ब्याजदर पनि प्रकाशित गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एकीकृत निर्देशनमा लघुवित्तले ब्याजदर घटाउँदा वा बढाउँदा सबै ग्राहकले समानरुपमा सुविधा पाउने गरी व्यवस्था मिलाउनुपर्ने उल्लेख छ ।

यसअनुसार ग्राहकले कर्जा लिँदा परिवर्तनीय ब्याजदर र स्थिर ब्याजदरमध्ये कुनै एक किसिमको ब्याजदर कायम हुने गरी कर्जा लिन सक्ने व्यवस्था मिलाउनु पर्नेछ ।

परिवर्तनीय ब्याजदरमा प्रवाह भएको कर्जाको हकमा कर्जाको प्रस्ताव पत्रमा उल्लेख गरिएको प्रिमियम दर कर्जा अवधिभर परिवर्तन गर्न नपाइने निर्देशनमा उल्लेख छ ।

स्थिर ब्याजदरमा प्रवाह भएको कर्जाको हकमा कर्जाको प्रस्ताव पत्रमा उल्लेख गरिएको ब्याजदर कर्जा अवधिभर परिवर्तन गर्न पाइने छैन । यस्तै लघुवित्तले परिवर्तनीय ब्याजदर र स्थिर ब्याजदरको विवरण राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

राष्ट्र बैंकले एकीकृत निर्देशिका संशोधन गर्दै साउन १ देखि लघुवित्तले आफ्ना ग्राहकसँग कर्जामा लिने ब्याजदर ‘आधार दर’सँग आबद्ध गरी तय गर्नु पर्ने व्यवस्था गरेको पनि गरेको छ ।

यसरी ब्याजदर तय गर्दा आधार दरमा अधिकतम ३ प्रतिशत मात्रै प्रिमियम लिन पाउने व्यवस्था गरिएको छ । तर, वाणिज्य बैंकहरुको औसत आधार दरभन्दा लघुवित्तले दिने कर्जाको ब्याजदर ९ प्रतिशत विन्दुभन्दा माथि हुन नहुने निर्देशिकामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी, राजमार्ग केहीबेर अवरुद्ध

बेलायतमा हुनेछ ‘निम्स दाइ’को अन्तिम बिदाइ, शव ब्रड पिकबाट बेसक्याम्प ल्याइयो

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu