ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्ततः वामदेव एकीकृत समाजवादीको वरिष्ठ नेता, वरीयता तेस्रो


एबीसी न्यूज
२७ असार २०८२, शुक्रबार   ४ : ०७   बजे

काठमाडौं २७ असार । नेकपा विघटन भएपछि अलपत्र परेका नेता वामदेव गौतम अन्ततः नेकपा (एकीकृत समाजवादी)मा समेटिएका छन् ।
उनको उक्त पार्टीमा वरीयता तेस्रो रहने भएको छ।

‍शुक्रबार बिहान नेकपा एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादीबीच पार्टी एकता गर्ने सहमति पत्रमा हस्ताक्षर भएपछि गौतमको वरीयतामा पनि सहमति भएको उपाध्यक्ष गंगालाल तुलाधरले जानकारी दिए।

उनका अनुसार हाल गौतमलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको छ। एकीकृत समाजवादीमा घनेन्द्र बस्नेत, बेदुराम भुसाल र प्रमेश हमाल वरिष्ठ नेता छन्।

‘पहिलो वरियतामा अध्यक्ष माधवकुमार नेपाल, दोस्रोमा सम्मानित नेता झलनाथ खनाल हुनुहुन्छ। त्यसपछि वामदेव गौतम तेस्रो वरियताको वरिष्ठ नेता रहने कुरामा सहमति भएको हो,’ उपाध्यक्ष तुलाधरले भने।

उनका अनुसार वामदेव गौतमपछिको वरियताअनुसार बेदुराम भूसाल त्यसपछि प्रमेश हमाल, घनेन्द्र बस्नेत र त्यसपछि राजेन्द्र पाण्डे रहनेछन्। पाण्डे पार्टीका वरिष्ठ उपाध्यक्ष हुन्।

उनले बाँकी नेताहरूको जिम्मेवारी पार्टी एकता घोषणा कार्यक्रममै सार्वजनिक गरिने बताए।

साउन २ गते दुई पार्टीबीच एकता घोषणा कार्यक्रम तय भएको छ।

एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले पनि गौतमलाई तेस्रो वरीयताको वरिष्ठ नेताको जिम्मेवारी दिने सहमति भएको बताए।


‘अध्यक्ष र सम्मानीत नेतापछि उहाँको वरीयता तोकिएको छ’ उनले भने।

उपाध्यक्ष तुलाधरले गौतम एकीकृत समाजवादी पार्टीमा एकीकृत भएका कारण एकीकरणपछि बन्ने पार्टीको नाम परिवर्तन नहुने पनि बताए।

‘एकीकृत समाजवादीको विचार, एजेन्डा र नीतिमा सहमत भएर आउनुभएको हो। त्यसकारण पार्टीको नाम, एजेन्डा फेर्नुपर्ने भन्ने कुरा छैन’ उपाध्यक्ष तुलाधरले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group