ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा आयाे


abc news
२७ असार २०८२, शुक्रबार   ५ : ४४   बजे

काठमाठौ २७ असार । अविरल वर्षाका कारण आज बिहानदेखि अवरुद्ध बनेको कालीगण्डकी करिडोर सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ । कालीगण्डकी करिडोर सडक अन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–६ खड्गकोटको बरल्वामा पहिरो खसेपछि बिहान ६ बजेदेखि सडक पूर्णरूपमा अवरुद्ध बनेको थियो ।

सडक माथिबाट ठूला ठूला चट्टानहरूसहित खसेको पहिरोको छेउतिरको केही भाग पन्छाएपछि एकतर्फी रूपमा सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताउनुभयो ।

अवरुद्ध सडक सञ्चालनमा ल्याउनका लागि प्रहरी चौकी भुर्तुङ्बाट बिहानैदेखि प्रहरी टोली पहिरो गएको ठाउँमा परिचालन गरिएको थियो । दुवैतर्फ सडक सञ्चालनका लागि यो टोलीले सडक निर्माण कम्पनी कालीका कन्ट्रक्शननको सहयोगमा सडकमा थुप्रिएको बाँकी पहिरो पन्छाउने काम गरिरहेको छ ।

एकतर्फी रूपमा सडक सञ्चालनमा आएपछि कालीगण्डकी करिडोर सडक अन्तर्गत गुल्मी र बाग्लुङ क्षेत्रमा रोकिएका लामो तथा छोटो दूरीका गाडीहरू गन्तव्यतिर लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

 पाँच प्रदेशमा आज धेरै भारी वर्षाको चेतावनी

 राष्ट्रिय परिचयपत्रमा प्रमाणीकरण समस्या, विवरण दर्ता र नम्बर वितरण नियमित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu