ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टी-२० विश्वकप एशियाली छनोटमा नेपालको पहिलो खेल कुवेतसँग हुने


abc news
२८ असार २०८२, शनिबार   २ : २८   बजे

काठमाडौ २८ असार । नेपालले टी(२० विश्व कपको एशियाली तथा पूर्वी एशिया प्यासेफिक छनोटको पहिलो खेलमा नेपालले कुवेतको सामना गर्ने भएको छ । ओमानमा असोज २२ गते छनोट प्रतियोगिता शुरू हुनेछ । नेपालले पहिलो दिन कुवेतसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

आज प्रकाशन भएको खेल तालिका अनुसार नेपालले दोस्रो खेलमा असोज २४ जापानसँग खेल्नेछ । सुपर सिक्सको शीर्ष तीनमा रहने राष्ट्रले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने विश्व कप खेल्नेछ ।

नेपाल लगातार दोस्रो पटक तथा समग्रमा तेस्रो पटक विश्वकपमा स्थान बनाउने तयारीमा छ । छनोटको तयारीका क्रममा नेपालले अस्ट्रेलिया भ्रमण तथा वेस्ट इण्डिजसँगको टी(२० आई सिरिज खेल्नेछ ।

विश्वकप छनोटमा नेपाल, कुवेत र जापानसहित नौ राष्ट्रको सहभागिता रहने छ । सहभागी नौ राष्ट्रलाई तीन समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा यूएई, मलेशिया र कतार रहँदा समूह ‘बी’ मा नेपाल, कुवेत र जापान रहेका छन् ।

समूह ‘सी’ मा ओमान, पपुवा न्यूगिनी र समओ रहेका छन् । समूहको शीर्ष दुईमा सुपर सिक्समा पुग्नेछन् । अक्टोबर १२ देखि १७ सुपर सिक्स हुनेछ र त्यसको शीर्ष तीनमा पर्ने टोली विश्व कपमा पुग्नेछ ।

भारत र श्रीलङ्कामा हुने टी(२० विश्वकप २०२६ मा २० राष्ट्रको सहभागिता रहनेछ । हिजो युरोप क्षेत्रीय छनोटबाट इटली र नेदरल्याण्ड्स छनोट भएसँगै विश्वकप खेल्ने १५ देशको छनोट भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group