ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बद्री केसी नेतृत्वको एनआरएनएको महाधिवेशनका लागि निर्वाचन समिति गठन


abc news
२८ असार २०८२, शनिबार   ३ : २८   बजे

काठमाडौ २८ असार । बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघ एनआरएनए को आगामी अक्टोबरमा हुने १२औं महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समिति गठन गरिएको छ।

संघका अध्यक्ष केसीको अध्यक्षतामा शुक्रबार बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद् आइसीसी० को बैठकले अधिवक्ता डा। राजेन्द्र घिमिरेको संयोजकत्वमा निर्वाचन समिति गठन गर्ने निर्णय गरेको हो।

समितिमा बेलायतबाट संघका संस्थापक सचिव चिन्जीबी ढकालसहित टिवि कार्की, प्रितम श्रेष्ठ, होम पाण्डे, प्रकाश सापकोटा र रजनी प्रधान सदस्य रहेका छन्।

यस्तै, संघको निर्वाचन प्रक्रिया अनुगमन गर्न रामप्रताप थापाको संयोजकत्वमा निर्वाचन अनुगमन समिति गठन गरिएको छ। उक्त समितिमा संजय थापा, टेकराज निरौला, कमलमणि गुरागाईं, नारायण काफ्ले, अतुल कोइराला र मुक्त गुरुङ सदस्य छन्।

बैठकले भिम उदास, भक्त गुरुङ, डा देवी बस्नेत, ओम गुरुङ, समशेर थापा, यास्मीन बेगम र पुरुषोत्तम बोहोरा सदस्य रहेको न्यायिक समिति पनि गठन गरिएको संघका केन्द्रीय सदस्य चिरन शर्माले जानकारी दिए।

संघको विधानअनुसार अन्तर्राष्ट्रिय महाधिवेशन हुन ३ महिना अगावै यी समितिहरू गठन गर्नु पर्ने कानुनी प्रावधान छ।

शुक्रबारको बैठकमा संघका केन्द्रीय पदाधिकारी, आइसीसी सदस्य, सल्लाहकार लगायतको उपस्थिति थियो। गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन आगामी अक्टोबर ११ देखि १४ सम्म काठमाडौँमा हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

 पाँच प्रदेशमा आज धेरै भारी वर्षाको चेतावनी

 राष्ट्रिय परिचयपत्रमा प्रमाणीकरण समस्या, विवरण दर्ता र नम्बर वितरण नियमित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu