ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जबज सामाजिक, आर्थिक रुपान्तरणको बृहत्तर सिद्धान्त हो : एमाले बरिष्ठ नेता भण्डारी


एबीसी न्यूज
२८ असार २०८२, शनिबार   ६ : १२   बजे

काठमाडौं २७ असार । नेकपा एमालेकी बरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज रुपान्तरणको लागि विचार नै सबैभन्दा महत्वपूर्ण कुरा भएको भन्दै जबज नै त्यसको मार्गनिर्देशक सिद्धान्त भएको दाबी गरेकी छन् ।
मदन भण्डारी फाउण्डेशनले शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले स्टेट, सोसाइटी एन्ड डेभलपमेण्ट जर्नलको विमोचन कार्यक्रममा आफूmलाई एमाले वरिष्ठ नेता भन्न हालै आग्रह गरेकी भण्डारीले जर्नलले जबजलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।
जबजले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यलाई अघि बढाएको भन्दै भण्डारीले जर्नलले कम्युनिष्ट आन्दोलनलाई समय र परिस्थितिअनुसार सही रुपमा बुझ्न र व्यवहारिक रुपमा अवलम्वन गर्दै विश्व कम्युनिष्ट आन्दोलनलाई मजबुत बनाउने दिशामा समेत थप योगदान गर्नसक्ने बताइन्।

‘जबज सामाजिक, आर्थिक रुपान्तरणको एउटा वृहतर सिद्धान्त हो,’ उनले भनिन् ‘यो जर्नल भर्खरै प्रकाशन हुन थालेकाले यसमा जबजका विभिन्न आयाम र क्षेत्रहरु समेटिन नसक्नुलाई अन्यथा रुपमा लिनु हुँदैन। यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राज्ञिक समुदाय र उच्च शिक्षाका अध्येताहरुका बीचमा अझ व्यापक रुपमा पुर्‍याउनुपर्छ।’

पूर्वराष्ट्रपति भण्डारीले जबजले माक्सवाद, लेनिनवादको आधारमा नेपाली समाजवादको गहिरो विश्लेषण गर्दै सामाजिक, ऐतिहासिक, सांस्कृतिक तथा भराजनीतिक विशेषतालाई आत्मसाथ गर्दै समाजवादको मार्गमा लोकतान्त्रिक पद्धति र बहुदलीय प्रतिष्पर्धालाई समावेश गर्दै विशिष्ट र सिर्जनात्मक बाटो निर्माण गरेको बताइन्।
भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) केवल राजनीतिक सिद्धान्त मात्रै नभएको बताएकी छिन् ।

एमालेको सक्रिय राजनीतिमा आउने घोषणा गर्दै पार्टी सदस्यता समेत नवीकरण गरेकी भण्डारीले एमालेले पनि समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्ने गरी काम गरिरहेको बताइन् ।

‘जबज केवल एउटा राजनीतिक सिद्धान्त मात्रै होइन । यो लोकहित, मानव कल्याण र सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने दार्शनिक चिन्तन पनि हो’ भण्डारीले भनिन्, ‘हामीलाई थाहा छ, हाम्रो संस्कृतिमा रहेको वैदिक मन्त्र सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामयाले सबै मान्छे सुखी र निरोगी हुन्, सबैले शुभ देखुन् र कसैलाई दुख नहोस् भनी यथार्थ भावना प्रकट गरेको छ । जबजको मूल भावना पनि यही हो ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसदलाई स्वकीय सचिव दिने निर्णय तत्काल नरोकिने, सर्वोच्चले अन्तरिम आदेश दिन मानेन

देवानगञ्ज घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : कांग्रेस

सम्बन्धित

सांसदलाई स्वकीय सचिव दिने निर्णय तत्काल नरोकिने, सर्वोच्चले अन्तरिम आदेश दिन मानेन

देवानगञ्ज घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : कांग्रेस

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन (तस्बिरहरु)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu