ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राप्रपाको प्रवक्ताबाट बर्खास्त लावती निर्वाचन अयोगमा


abc news
२९ असार २०८२, आइतबार   ११ : ५६   बजे

काठमाडौ २९ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको प्रवक्ता पदबाट बर्खास्तविरुद्ध सगुनसुन्दर लावती उजुरी दिन निर्वाचन अयोगमा पुगेका छन्।

लावतीले आफू भर्खर आयोगको कार्यालयमा पुगेको र उजुरी दिने तयारी गरिरहेको जानकारी दिए।

‘म आइसकेँ, अरू साथीहरू पनि आउँदै हुनुहुन्छ’, उनले भने।

उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिनअघि मात्र प्रवक्ताको जिम्मेवारीबाट हटाएका हुन्।

यो निर्णय स्वेच्छाचारी र पार्टीको विधानविपरीत भएको आरोप लगाउँदै शनिबार राप्रपा महामन्त्री धवल शमशेरको संयोजकत्वमा पार्टीको छुट्टै भेला राखिएको थियो।

भेलाले लावतीलाई प्रवक्ताबाट तथा नवराज सुवेदीलाई राप्रपाको अनुशासन समितिको संयोजकबाट हटाइएकोविरुद्ध निर्वाचन आयोगमा उजुरी दिने निर्णय गरेको थियो।

सोहीबमोजिम यो समूह आज निर्वाचन आयोग पुगेको हो।

उता राप्रपाका प्रचार विभाग प्रमुखसमेत रहेका अर्का प्रवक्ता मोहनकुमार श्रेष्ठले भने सुवेदीले पार्टी छाडिसकेकाले ‘लोकलाजको ख्याल गर्न’ सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu