ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भानु जयन्तीमा र्‍याली र सम्मान


abc news
२९ असार २०८२, आइतबार   १२ : १९   बजे

काठमाडौ २९ असार । २१२ औं भानु जयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै छ । यसै अवसरमा राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले काठमाडौंमा र्‍यालीसहित कार्यक्रम गरेको छ । कार्यक्रममा सभामुख देवराज घिमिरे, शिक्षा मन्त्री रघुजी पन्त, साहित्यकार डा। नवराज लम्साल लगायत सहभागी थिए ।

कार्यक्रममा साहित्य तथा संस्कृतिविद तुलसी दिवसलाई अभिनन्दन गरिएको थियो ।

कमलादीस्थित प्रज्ञा भवनमा कार्यक्रम सुरु हुनुअघि विद्यार्थी, कर्मचारी र नेपाली सेनाको ब्याण्ड टोली समेतको सहभागितामा र्‍याली निकालिएको थियो । भानुभक्तको तस्वीरलाई बग्गीमा राखिएको थियो ।

भानुभक्तले रचना गरेका कृतिका पात्रहरुको पोशाकमा विद्यार्थीहरु सजिएका थिए । उनले नेपालीमा अनुवाद गरेको रामायणको कथाका पात्र रावण, राम–सीता, ऋषि अनि चर्चित घाँसी कविताको मुख्य पात्र घाँसीको रुपमा पनि विद्यार्थीहरु देखिन्थे । र्‍यालीमा सहभागीहरुले रामायणका फोटाहरु समेत बोकेका थिए ।

वि।सं। १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तको निधन वि।सं। १९२५ असोजमा भएको थियो । भानुजयन्तीका अवसरमा सोमबार तनहुँको भानु नगरपालिकाले सार्बजनिक विदा दिएको छ ।

भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा धेरै रहेका स्थानमा पनि मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu