ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लिङ्देनलाई लक्ष्य गर्दै धवल शम्शेरले भने- मैले काँधमा बोकेर ल्याएको, मैमाथि कारबाही भयो


abc news
२९ असार २०८२, आइतबार   २ : ४१   बजे

काठमाडौ २९ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का महामन्त्री धवलशम्शेर राणाले फरक मत राख्नेहरूलाई अध्यक्ष राजेन्द्र लिङ्देनले पेल्दै लगेकोले निर्वाचन आयोगमा उजुरी दिने अवस्थामा आफूहरू पुगेको बताएका छन्।

पार्टी अनुशासन समितिबाट नवराज सुवेदी र प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई असार २५ गते अध्यक्ष लिङ्देनले हटाएका थिए। अनुशासन समिति अध्यक्षमा उपाध्यक्ष रोशन कार्कीलाई मनोनीत गरेका थिए।

अध्यक्ष लिङ्देनको यो कदम विधानविपरीत भन्दै पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी, नवराज सुवेदी र महामन्त्री राणासहितको टोली आइतबार निर्वाचन आयोग पुगेर उजुरी दिएका हुन्।

निर्वाचन आयोग परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री राणाले अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीको विरोध गरेका छन्।

‘यो पार्टी विभाजन भइरह्यो भनेर नै हामीले परिवर्तन ल्याएको हो, नयाँ पुस्तालाई। मैले नै काँधमा बोकेर ल्याएको,’ अध्यक्ष लिङ्देनलाई २०७८ मा भएको राप्रपा महाधिवेशनमा सहयोग गरेको उल्लेख गर्दै राणाले भने, ‘तर मैमाथि पटक पटक कारबाही हुन्छ। म क्यान्सर उपचार गर्न मुम्बई जाँदा मलाई संगठन विभाग प्रमुखबाट हटाइयो।’

उनले पार्टी फुट्न नदिने पनि बताए। अध्यक्ष लिङ्देनले आन्तरिक विषयहरू पार्टीभित्रै मिलाउने भने पनि नमिलाएकोले आफूहरू निर्वाचन आयोग आउनुपरेको उनको भनाइ छ।

उनले नवराज सुवेदीलाई अनुशासन समिति अध्यक्षमा पुनर्बहालीका लागि निर्वाचन आयोगमा उजुरी दिइएको पनि बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu