ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कपिलवस्तु बस दुर्घटना, घाइतेको पहिचान खुल्यो


abc news
२९ असार २०८२, आइतबार   ३ : ३५   बजे

काठमाडौ २९ असार । काठमाडौँदेखि दाङ आउँदै गरेको बस दुर्घटनामा परी घाइते भएका २९ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले दुर्घटनामा परी घाइते भएकाको पहिचान खुलेको जानकारी दिनुभयो ।

दुर्घटनामा सल्यान बागचौर नगरपालिका– १० बस्ने ७७ वर्षीय देवी बुढाथोकी, सल्यान सारदा नगरपालिका– १२ का ५६ वर्षीय मोहनलाल बुढाथोकी र दाङ तुलसीपुर उपमहानगरपालिका–११ का ३५ वर्षीय श्रीधर अधिकारी घाइते हुनुभएको छ । उहाँहरुलाई आइतबार बिहान सवा ५ बजेतिर थप उपचारका लागि बुटवल पठाइएको छ ।

यसैगरी, रुकुम पश्चिम आठबिसकोट नगरपालिका– ८ ज्यामिरेका २८ वर्षीय मोतीलाल ऐरी, सोलुखुम्बु सोताङ गाउँपालिका– ३ बस्ने २१ वर्षीय कोसिस गौतम, सल्यान चिद्द कुमाउ गाउँपालिका–२ बस्ने १९ वर्षीया अनिता चलाउने, दाङ घोराही उपमहानगरपालिका– बस्ने ५२ वर्षीया सचिला नेपाली, अर्घाखाँची सितगंगा नगरपालिका– ८ बस्ने ६० वर्षीया टुक कुमारी श्रेष्ठ, सल्यान बागचौर नगरपालिका– १० का २५ वर्षीय चित्र प्रसाद धिताल र रोल्पा परिवर्तन गाउँपालिका– ३ बस्ने ३१ वर्षीय ओम प्रकाश खड्का दुर्घटनामा परी घाइते हुनुभएको छ । उहाँहरुको सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ ।

त्यस्तै, अन्य घाइतेहरूमा दाङ राप्ती गाउँपालिका– ४ बस्ने २८ वर्षीया रुपा चौधरी, रोल्पा गंगादेव गाउँपालिका– ३ बस्ने ३९ वर्षीय हेमराज वली, पर्वत मादी गाउँपालिकाका ३९ वर्षीय खड्कबहादुर पुन, सल्यान छत्रेश्वरी गाउँपालिका–१ बस्ने ४३ वर्षीय भीमबहादुर विक, सल्यान बागचौर नगरपालिका–४ बस्ने ४० वर्षीय इन्द्रबहादुर विक, दाङ तुलसीपुर उपमहानगरपालिका– ११ बस्ने २१ वर्षीय ललित शर्मा, रोल्पा गंगा देव गाउँपालिका– ३ का ३१ वर्षीय सन्दीप वली, डडेलधुरा आलीताल गाउँपालिका–४ का २२ वर्षीय विशाल बोहरा, दाङ दंगिशरण गाउँपालिका– २ बस्ने २४ वर्षीया शर्मिला नेपाली, सल्यान छत्रेश्वरी गाउँपालिका– ३ बस्ने ४२ वर्षीया रश्मि बोहरा र घोराही उपमहानगरपालिका–११ बस्ने ३९ वर्षीय वेदबहादुर वली हुनुहुन्छ ।

आइतबार बिहान कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका अनुसार काठमाडौँबाट दाङ आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको बस पूर्व पश्चिम राजमार्गअन्तर्गत बुद्धभूमी नगरपालिका– ९ वेलनदीमा दुर्घटनामा परेको हो । बस आफैँ अनियन्त्रित भई सडकको दायाँ साइडमा पल्टिन पुग्दा २९ जना यात्रु घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group