ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राप्रपाले अनुशासन समिति अध्यक्षबाट हटाएपछि निर्वाचन आयोग पुगे नवराज सुवेदी


abc news
२९ असार २०८२, आइतबार   ३ : ४३   बजे

काठमाडौ २९ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले अनुशासन समिति अध्यक्षबाट हटाएपछि नवराज सुवेदी निर्वाचन आयोगमा पुगेका छन्।

पार्टीका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी र महामन्त्रीद्वय धवल शम्शेर राणा र कुन्ती शाहीसहित आइतबार बिहान सुवेदीसहित राप्रपाका असन्तुष्ट नेताहरू निर्वाचन आयोग पुगेका हुन्।

सुवेदीले आफूलाई अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समिति अध्यक्षबाट हटाएको विषयमा निर्वाचन आयोगमा उजुरी पनि दिएका छन्।

अध्यक्ष लिङ्देनले असार २५ गते पार्टी अनुशासन समिति अध्यक्षबाट सुवेदीलाई हटाएर उपाध्यक्ष रोशन कार्कीलाई अनुशासन समिति अध्यक्ष पदमा मनोनीत गरेका थिए।

सोही दिन अध्यक्ष लिङ्देनले सगुनसुन्दर लावतीलाई प्रवक्ताबाट पदमुक्त गरेका थिए।

यी निर्णयहरू अध्यक्ष लिङ्देनले पार्टी केन्द्रीय समितिबाट नगरी एकलौटी रूपमा गरेको र उक्त कार्य विधानविपरीत रहेको राप्रपाका असन्तुष्ट नेताहरूको भनाइ छ।

अध्यक्ष लिङ्देनले भने पार्टी विधानअनुसार आफूलाई सहयोग गर्न पदाधिकारी नियुक्त गरेको उल्लेख गर्दै असहयोग नगर्न चेतावनी दिएका छन्।

‘विधानअनुसार अध्यक्षले उपाध्यक्ष, महामन्त्रीलगायत मनोनीत गर्ने व्यवस्था छ, मैले मनोनीत गरेको हुँ, अहसयोग नगर्नुहोस्,’ उनले भनेका छन्, ‘मैले गल्ती गरेको भए महाधिवेशनमा मलाई हराउने हो, अहिले काम गर्न अल्झाउने होइन।’

सुवेदीको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिु गठन भएको थियो। उक्त समितिले असार १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलनु सुरू गरे पनि उक्त कार्यक्रम अहिले मत्थर भएको छ।

सुवेदीले संयुक्त जनआन्दोलन समितिु संयोजक हुँदै गर्दा राप्रपाको साधारण सदस्य पनि परित्याग गरेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu