ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापान र अस्ट्रेलियालाई पेन्टागनले सोध्यो: ताइवान युद्धका बेला तिमीहरूको भूमिका के हुन्छ ?


abc news
२९ असार २०८२, आइतबार   ४ : १५   बजे

काठमाडौ २९ असार । अमेरिका र चीनबीच ताइवानमा युद्ध भयो भने त्यो बेला आफूले खेल्ने भूमिका स्पष्ट पार्न पेन्टागनले जापान र अस्ट्रेलियालाई दबाब दिएको छ। अमेरिकी अधिकारीहरूको यो कदमले इन्डो–प्यासिफिकमा अमेरिकाका सबैभन्दा महत्त्वपूर्ण दुई सहयोगी चकित भएका छन्।

रक्षा मन्त्रालयको नीति विभागका उपमन्त्री एल्ब्रिज कोल्बीले पछिल्लो जापानी र अस्ट्रेलियाली रक्षा अधिकारीसँगको भेटमा यो कुरा स्पष्ट पार्न दबाब दिइरहेका छन्। सम्भावित ताइवान युद्धका लागि सहयोगी मुलुकहरूले तयारी बढाऊन् भनेर अमेरिकी अधिकारीहरूले जोड गरिरहेका छन्।

अमेरिकाले आफ्ना सहयोगीहरूलाई रक्षा बजेट बढाउन आग्रह गरिरहेको छ।

यो खबर बाहिरिएपछि कोल्बीले रक्षा मन्त्रालयले राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति लागू गरिरहेको बताएका छन्।

‘हामी युद्ध चाहिरहेका छैनौँ, न त चीनमाथि प्रभुत्व कायम गर्न नै चाहन्छौँ। हामीले चाहेको भनेको अमेरिका र उसका सहयोगीसँग शान्ति सुनिश्चित गर्ने शक्ति होस् भन्ने मात्रै हो,’ एक अमेरिकी अधिकारीको भनाइ फाइनान्सियल टाइम्सले उधृत गरेको छ।

अधिकारीहरूले जापान र अस्ट्रेलियासँग ताइवानमा युद्ध भइहालेको अवस्थामा लागू हुने योजना र सैन्य अभ्यास अघि बढेको जानकारी दिएका छन्।

‘तर, यस्तो आग्रहले टोकियो र क्यानबेरा चकित परेको छ किनभने अमेरिका आफैँले ताइवानको रक्षा गर्ने वाचा गरेको छैन,’ एक अधिकारीले भने।

अमेरिकाले ताइवान मामिलामा रणनीतिक अस्पष्टताको नीति अपनाउँदै आएको छ। तर, यसअघि बाइडेनले चारपटक ताइवानको रक्षा गर्ने सार्वजनिक घोषणा गरेका थिए। तर, त्यसपछि ट्रम्पले भने पुरानो नीतिलाई निरन्तरता दिएको देखिन्छ।

त्यसैले यस्तो प्रश्नको जवाफ दिन जापान र अस्ट्रेलियाली अधिकारीहरूलाई मुस्किल परेको उनीहरूको भनाइ छ।

जापानको रक्षा मन्त्रालयले भनेको छ, ‘ताइवान संकटसम्बन्धी काल्पनिक प्रश्नको जवाफ दिन कठिन छ। हाम्रो प्रतिक्रिया हाम्रो संविधान, अन्तर्राष्ट्रिय कानुन र नियमका आधारमा त्यतिबेलाको परिस्थितिअनुसार निर्धारण हुन्छ।’ एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu