ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन


abc news
२९ असार २०८२, आइतबार   ४ : ३६   बजे

काठमाडौ २९ असार । उत्तर कोरियाली नेता किम जोङ उनले रुसका विदेशमन्त्री सर्गेई लाभरोभसँगको वार्ताका क्रममा युक्रेनमा जारी युद्धमा मस्कोलाई पूर्ण समर्थन गर्ने प्रस्ताव राख्नुभएको छ ।

किएभविरुद्ध रूसको आक्रमणबीच दुवै देशले सैन्य र राजनीतिक सम्बन्धलाई गहिरो बनाउँदै गर्दा लाभरोभको उत्तर कोरिया भ्रमण मस्कोका शीर्ष अधिकारीहरूको उच्च–प्रोफाइल भ्रमणको शृङ्खलामा पछिल्लो थियो ।

प्योङयाङले युक्रेनी सेनालाई हटाउन रुसको कुर्स्क क्षेत्रमा हजारौँ सेना पठाएको थियो र रुसी सेनालाई तोप र क्षेप्यास्त्र प्रदान गरेको थियो ।

किम र लाभरोभले शनिबार ‘न्यानो कमरेडेली विश्वासले भरिएको वातावरण’ मा भेट गर्नुभएको आधिकारिक केसिएनए समाचार एजेन्सीले जनाएको छ ।

रुसको विदेश मन्त्रालयले टेलिग्राममा दुई जनाले हात मिलाउँदै र एकअर्कालाई अँगालो हालेर अभिवादन गरेको भिडियो पोस्ट गरेको छ र यो वार्ता देशको पूर्वी तटमा रहेको वोनसानमा भएको बताएको छ । वोनसानमा यस महिनाको सुरुमा एक विशाल रिसोर्ट खोलिएको थियो ।

किमले लाभरोभलाई उत्तर कोरिया ‘युक्रेनी सङ्कटको मूल कारणको सामना गर्ने सन्दर्भमा रूसी नेतृत्वले चालेका सबै उपायलाई बिना शर्त समर्थन र प्रोत्साहन गर्न तयार छ’ भन्नुभएको केसिएनएले बताएको छ ।

उत्तर कोरियाली नेताले ‘देशको मर्यादा र आधारभूत हितको रक्षा गर्ने पवित्र उद्देश्य पूरा गर्न रूसी सेना र जनताले निश्चित रूपमा विजय हासिल गर्नेछन् भन्ने दृढ विश्वास’ पनि व्यक्त गर्नुभयो ।

दुई नेताले सन् २०२४ जुनमा भएको ऐतिहासिक उत्तर कोरिया–रुस शिखर वार्तामा भएका सम्झौताहरू विश्वासपूर्वक कार्यान्वयन गर्ने महत्त्वपूर्ण विषयहरूमा छलफल गर्नुभयो”, केसिएनएले भन्यो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उत्तर कोरियाको दुर्लभ भ्रमणका क्रममा दुई भारी प्रतिबन्धित मुलुकले गतवर्ष आपसी रक्षा खण्डसहित सैन्य सम्झौतामा हस्ताक्षर गरेका थिए ।

रूसी राज्य एजेन्सी तासका अनुसार लाभरोभले किमलाई पुटिनले ‘निकट भविष्यमा प्रत्यक्ष सम्पर्क जारी राख्ने आशा’ गर्नुभएको बताउनुभयो । रुस र उत्तर कोरियाका सरकारी मिडियाले लाभरोभ आइतबारसम्म रहने बताएका छन् ।

यसअघि शनिबार लाभरोभले आफ्ना समकक्षी चो सोन हुईसँग भेटवार्ता गर्नुभयो र रुसलाई सहयोग गर्न तैनाथ गरिएका ‘वीर’ उत्तर कोरियाली सैनिकहरूलाई धन्यवाद दिनुभयो ।

“दुवै पक्षले उत्तरपूर्वी एसिया र सम्पूर्ण एसिया–प्रशान्त क्षेत्रमा तनाव बढाउँदै गैर–क्षेत्रीय खेलाडीहरूको आकांक्षालाई संयुक्त रूपमा सामना गर्ने आफ्नो दृढ सङ्कल्पमा जोड दिए”, रूसको विदेश मन्त्रालयले भन्यो । भ्रमणअघि रुसले मस्को र प्योङयाङबीच हप्तामा दुई पटक उडान सुरु गर्ने घोषणा गरेको थियो ।

लाभरोभले वोनसनलाई ‘एक राम्रो पर्यटकीय आकर्षण’ भनेर प्रशंसा गर्दै भन्नुभयो, “हामी आशा गर्छौं कि यो स्थानीय नागरिकहरूमाझ मात्र नभई रूसीहरूमाझ पनि लोकप्रिय हुनेछ ।” राससरएएफपी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group