ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपाको प्रश्न: प्रधानमन्त्रीलाई भ्रष्टाचारी र मानव तस्करलाई संरक्षण गर्ने अधिकार कसले दियो?


abc news
३० असार २०८२, सोमबार   १ : ५८   बजे

काठमाडौ ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टी पार्टीका सांसद अशोककुमार चौधरीले सत्ता संरचना मानव तस्करी र भ्रष्टाचारमा संलग्नहरूलाई उन्मुक्ति दिने रक्षा कवच भएको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद चौधरीले स्पेन प्रकरणले भिजिट भिसाको अपराध कति गहिरो र योजनावद्ध छ भन्ने कुराको पुष्टि भएको बताएका हुन्।

उनले भ्रष्टाचार र मानव तस्करीको आकार बढ्दै गएको उल्लेख गर्दै सरकारी संयन्त्रको साँठगाँठबिना सम्भव नरहेको टिप्पणी गरे। सरकारको संरक्षणमा भ्रष्टाचार भइरहेको कुरा कास्की मालपोत कार्यालय र भूमि आयोगसम्बन्धीको अडिओले पुष्टि गरिसकेको उनको दाबी छ।

‘के सत्ता संरचना मानव तस्करी र भ्रष्टाचारमा संलग्नहरूलाई उन्मुक्ति दिने रक्षा कवच होरु वा सिर्जित समस्या होरु यो प्रश्न अब जनताले सोध्न थालेका छन्। मानव तस्करीविरुद्ध हामीले यस सदनमा विगत ४७ दिनदेखि आवाज उठाउँदै आएका छौँ, उनले भने, यो विषय अब सडकमा छ, नागरिक समाजमा छ र स्पेनको सोभियामा भएको पछिल्लो घटनाले अझ यो अपराध कति गहिरो र योजनावद्ध छ भन्ने प्रमाणित गरिरहे्को छ। भ्रष्टाचार र मानव तस्करी यति ठूलो आकारमा सरकारी संयन्त्रको साँठगाँठबिना सम्भव हुँदैन। यसलाई कास्की मालपोत कार्यालय र भूमि आयोगबीचको घुस डिलले पनि प्रमाणीत गर्छ।

यस विषयमा कर्तव्यच्यूत भएर पदमा बस्नु नैतिकताको अपमान भएको उनको भनाइ छ।

निर्दोष जनतालाई जेल, भ्रष्ट मन्त्रीलाई कुर्सी यो अन्याय होइन ररु घुस डिल र मानव तस्करलाई संरक्षण गर्ने अधिकार प्रधानमन्त्रीलाई कसले दियोरु सदनले यसको जवाफ मागिरहेको छ, उनले भने, संघीय मामिलामन्त्री, भूमिमन्त्री र गृहमन्त्रीमाथि लागेको आरोपको किन छानबिन गरिएको छैनरु यदी उनीहरू संविधानमाथि छैनन् भने तुरुन्तै कारबाही गरियोस्।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group