ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री गुप्तासँग घुस संवाद : ‘मन्त्रीज्यू काम गरिदिनुस्, पर्सि मन्त्रालयमै पैसा पठाइदिन्छौं’


abc news
३० असार २०८२, सोमबार   २ : १८   बजे

काठमाडौ ३० असार । सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको घुस अडियो दुई दिनअघि सार्वजनिक भयो । कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको थमौतीको विषयमा मन्त्री गुप्तामाथि ५३ लाख रुपैयाँ घुस लिएको आरोप छ ।

भूमि व्यवस्था तथा अभिलेख विभाग सम्वद्ध स्रोतका अनुसार, पोखरामा करिव १३५ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गर्न केही वर्षदेखि प्रयास भइरहेको छ । यसअघि दर्ता गर्न छुटेको भनी तयार भएको फाइल मालपोत कार्यालयमा पेस भएको थियो ।

मन्त्री गुप्ताले त्यही जग्गा दर्ता गराउने प्रयास गरिरहेको समूहसँग ५३ लाख रुपैयाँ बुझेको अडियो कुराकानी सार्वजनिक भएको हो । मन्त्री गुप्ताले तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीलाई मालपोत कार्यालय कास्कीमा यथावत राखिदिने आश्वासनका साथ घुस लिएका थिए ।

उजुरीकर्ताहरुले मन्त्री गुप्ताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी गरिसकेका छन् । उनीहरुले मन्त्री गुप्ताले प्रमुख मालपोत अधिकृत रहेका उपसचिवको सरुवा रोकिदिने आश्वासनमा ५३ लाख रुपैयाँ लिएको दाबी गरेका हुन् । उजुरीमा लेनदेन भएको रकमको नम्बर र नोटको बिटोको फोटो समेत छ ।

त्यही समूहसँग मन्त्री गुप्ताले भूमि आयोगको सदस्य बनाउन थप २५ लाख रुपैयाँ लिएको अर्को उजुरी पनि परेको छ । उजुरी दिनेहरुले अडियो समेत अख्तियारमा पठाएका छन् ।

संवादमा के छ ?

अडियो रेकर्ड गर्ने व्यक्ति फोन रेकर्ड सुरु गरेर मन्त्री भएको ठाउँमा पुगेको बुझ्न सकिछ । उनीहरुबिचको कुराकानीमा पछि एकजना महिला प्रवेश गरेको कुराकानीमा सुनिन्छ ।

संवाद र उनीहरुको कुराकानी सुन्दा मन्त्री निवासमै उनीहरुको कुराकानी भएको खुल्छ, किनभने मन्त्रीले उनीहरुलाई सुरुमा रक्सी र पछि माछा खाने प्रस्ताव गरेको सुनिन्छ ।

अडियो रेकर्ड गर्ने व्यक्तिले मन्त्री गुप्तालाई भूमिसुधार मन्त्री बलराम अधिकारीलाई भनेर कुनै व्यक्तिको निर्णय गराइदिन आग्रह गरेको सुनिन्छ । त्यसक्रममा उनले ‘बरु म त्यो २० बुझाइदिउँला, भन्दिनु न बलरामलाई’ भनेका छन् ।

कुराकानीको क्रममा सामान्य प्रशासन मन्त्री गुप्ताले भूमिसुधारमन्त्री बलराम अधिकारीमाथि अरुबाट पैसा लिइसकेको आरोप लगाउँछन् । मन्त्री गुप्ताले भन्छन्, ‘बलरामले ऊसँग पैसा खाइसक्या छ, बलरामले गर्दैन ।’

पोखराका खेमबहादुर पुनलाई भूमि आयोगको सदस्य बनाउनुपर्ने प्रस्ताव गर्दै ती व्यक्तिले सांकेतिक रुपमा फेरि ‘२० बुझाइदिन्छु’ भन्छन् । फेरि ती व्यक्तिले भूमिसुधारमन्त्री बलराम अधिकारीको सयवटा काम सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले गरिदिनुपर्ने भन्दै प्रश्न गर्छन्, ‘तपाईंको एउटा काम पनि नगर्दिएर हुन्छ रु’

जवाफमा मन्त्री गुप्ताले पार्टीको जिल्ला र प्रदेश कमिटीबाट सिफारिस भएर आउनुपर्ने बताउँछन् । पटक–पटक मन्त्रीलाई आग्रह गरेपछि उनले भन्छन्, ‘मन्त्रीज्यू, यसो गर्छुु सुन्नुस्, मैले अहिले १५ छोड्छु, १० चाहिँ बिहान ल्याएर दिन्छु, त्यो अदालतमा ।’

त्यसपछि फेरि ती व्यक्तिले पर्सि सामान्यबाटै गरिदिनुहुन्छ भन्छन् । अर्थात सामान्य प्रशासन मन्त्रालयमै घुस बुझाउने भनेर कुरा टुंग्याउन खोज्छन् ।

भूमि आयोगको कुरा टुंगिएपछि ती व्यक्तिले पोखराको जग्गाको विवाद पनि मिलाइदिन आग्रह गर्छन् । ती व्यक्तिले सांकेतिक रुपमा भन्छन्, ‘पोखराको जग्गाले हामीलाई टुलुटुलु हेरेर बसिरहेको छ मन्त्रीज्यू, हामी यहाँ यसरी बसेर हुन्छ रु’

मन्त्रीले माछा खाने अफर गरेपछि उनले इन्कार गर्दै भन्छन्, ‘अब माझीकुनामा माछा खान जाने हो तपाईंले काम गरेपछि ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group