ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनलाई अत्याधुनिक हतियार पठाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा


abc news
३१ असार २०८२, मंगलबार   ११ : ०४   बजे

काठमाडौ ३१ असार । युद्धविरामका लागि निरन्तर पहल गरिरहँदा पनि युक्रेनमा रुसले आक्रमण नरोकेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग असन्तुष्ट देखिनु भएको छ ।

राष्ट्रपति ट्रम्पले युक्रेनलाई पैट्रियट एअर डिफेन्स सिस्टम० हवाई प्रतिरक्षा प्रणाली पठाउने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ ।

ट्रम्पले युक्रेनलाई महँगो र अत्याधुनिक हतियारहरू पठाउने घोषणा यसअघि नै गरिसक्नु भएको थियो ।

नाटोमार्फत युक्रेनलाई मिसाइल र गोलाबारुद आपूर्ति गरिने बताउँदै उहाँले ५० दिनभित्र शान्ति सम्झौता नभए रुससँग व्यापार गर्ने देशहरूलाई शतप्रतिशत भन्सार कर लगाउने चेतावनी दिनुभएको छ ।

नाटो प्रमुख मार्क रुटेसँग भेटपछि ट्रम्पले युक्रेनलाई सहयोग गर्न अमेरिकाले युरोपेली देशहरूलाई आफ्ना पैट्रियट रक्षा प्रणाली पठाउन अनुरोध गरेको बताउनु भयो ।

रुटेले युक्रेनलाई आवश्यक सैन्य सामग्री आपूर्ति गरिने र यसको खर्च युरोपले बेहोर्ने जानकारी दिनुभएको खबरमा उल्लेख छ ।

ट्रम्पको यो घोषणा पछिल्लो पटक रुसप्रति आक्रोशपूर्ण शैलीमा आएको हो । उहाँले रुसका राष्ट्रपति पुटिनलाई ‘कडा मान्छे’ भन्दै वार्ताले मात्र केही नहुने बताउनु भएको छ ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले ट्रम्पको समर्थनप्रति धन्यवाद दिँदै सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनु भएको छ ।

रुसको प्रतिक्रिया औपचारिक रूपमा आइनसके पनि रूसी विश्लेषकहरूले ट्रम्पको घोषणालाई खाली धम्की भनेका छन । रुस युक्रेन युद्ध तीन वर्षदेखि चलिरहेको छ ।

अमेरिकाले यसअघि युक्रेनलाई हतियार रोक्ने घोषणा गरेको थियो । तर आफ्नै घोषणालाई खारेज गर्दै ट्रम्पले नयाँ सम्झौता गर्नुभएको हो ।

नयाँ सम्झौतामा अमेरिकाले युक्रेनमा पठाउने केही हतियारका लागि नाटोले अमेरिकालाई भुक्तानी गर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu