ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चैनपुरवासीले पाए २३ वर्षपछि लालपुर्जा


abc news
३१ असार २०८२, मंगलबार   ११ : ४८   बजे

काठमाडौ ३१ असार । आगलागीमा नष्ट भएका अभिलेखका कारण २३ वर्षदेखि लालपुर्जाबाट वञ्चित सङ्खुवासभा चैनपुरका स्थानीयले जग्गाधनी प्रमाणपत्र ९लालपुर्जा० पाएका छन् ।

सोमबार विशेष नापी कार्यालयले चैनपुर नगरपालिका वडा नम्बर ९ का ३५ जना स्थानीयलाई लालपुर्जा वितरण गरेको हो । २०५९ साल वैशाख १४ गते माओवादी द्वन्द्वका बेला चैनपुरस्थित नापी तथा मालपोत कार्यालयमा आगजनी र क्षति हुँदा नापी कार्यालयमा रहेका सक्कल नक्सा र फिल्डबुक तथा मालपोत कार्यालयमा रहेका जग्गाधनी दर्ता श्रेस्ता ९मोठ० लगायतका महत्त्वपूर्ण कागजातहरू पूर्णरूपमा नष्ट भएको थियो ।

कागजात नभएकै कारण स्थानीयहरूले लामो समयदेखि कानुनी झन्झट र सम्पत्ति प्रयोगमा समस्या झेल्दै आएका थिए । २०७६ माघ १३ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार अभिलेख पुनःस्थापनाका लागि विशेष नापी कार्यालय स्थापना गरिएको थियो ।

हाल विशेष नापी कार्यालयले सङ्खुवासभाका चार नगरपालिका मादी, चैनपुर, धर्मदेवी र पाँखपनमा नापनक्सा तथा लालपुर्जा वितरणको काम गरिरहेको छ । कार्यालय प्रमुख हरिशरण नेपालका अनुसार दुई नापी टोलीले आवादी क्षेत्रको करिब २४ हजार हेक्टर मध्ये हालसम्म सात हजार पाँच सय हेक्टर क्षेत्रमा काम गरिसकेको छ । चैनपुरको वडा नं। ५, ७, ८, ९, १० र ११ मा नापनक्सा सम्पन्न भइसकेको कार्यालय प्रमुख नेपालले बताउनुभयो ।

‘‘२३ वर्षपछि लालपुर्जा प्राप्त गरेपछि चैनपुर–९ का चहकबहादुर भण्डारीले विशेष नापीलाई धन्यवाद दिनुभयो । अब ढुक्क भएर जग्गा उपयोग गर्न पाउँदा ठुलो राहत मिलेको छ,’’ उहाँले भन्नुभयो । ३५ परिवारलाई जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य लगायतले लालपुर्जा वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu