ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजामती विधेयक माथि छलफल चलाउँदै राष्ट्रिय सभा


abc news
३१ असार २०८२, मंगलबार   १ : २५   बजे

काठमाडौ ३१ असार । मंगलबार राष्ट्रिय सभामा निजामती विधेयकमाथि छलफल हुँदैछ ।

‘कुलिङ पिरियड’सहितका कतिपय प्रावधानमा भएको राजनीतिक सहमति बेगरको भाषा परेको भनेर विशेष समिति नै गठन भएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको विधेयकको प्रतिवेदनका सम्बन्धमा प्रश्न उठेपछि छानबिन समिति नै बनेको छ ।

राज्य व्यवस्था समितिले यस अगाडि नै राष्ट्रिय सभालाई केही प्रावधान सच्याउन आग्रह गर्ने निर्णय गरेको थियो । यहीबेला राष्ट्रिय सभामा निजामती विधेयकमाथि छलफल हुन लागेको हो ।

राष्ट्रिय सभाको बैठक सवा एक बजे बस्दैछ । जहाँ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रतिनिधि सभाबाट सन्देसहित प्राप्त ‘संघीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि सांसदहरूले विधेयकका सम्बन्धमा आफ्नो राय प्रस्तुत गर्दछन् ।

यो विधेयक २१ फागुन २०८० मा प्रतिनिधि सभामा दर्ता भएको थियो । प्रतिनिधि सभाले १५ असार २०८२ मा पारित गरेर राष्ट्रिय सभामा पठाएको हो ।

निजामती विधेयक संविधान कार्यान्वयनसँग समेत जोडिएको विधेयक हो । यो विधेयक ऐनमा रुपान्तरित भएसँगै प्रदेश र स्थानीय तहका कर्मचारी कुन सरकार मातहत रहने भन्ने विषय छुटिन्छ ।

राष्ट्रिय सभामा आज यो विधेयकमाथि छलफल हुन्छ । छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group