ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा टेस्लाको ‘डेब्यु’, मुम्बईमा खोल्यो पहिलो शोरुम


abc news
३१ असार २०८२, मंगलबार   २ : १९   बजे

काठमाडौ ३१ असार । अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले भारतमा मंगलबार पहिलो शोरुम खोलेको छ।

विश्वकै तेस्रो ठूलो अटोमोटिभ बजार मानिने भारतमा अर्बपति इलोन मस्कको सवारी कम्पनी ‘डेब्यु’ गरेको हो।

वित्तीय राजधानी मानिने मुम्बईको बान्द्रा–कुर्ला कम्प्लेक्समा टेस्लाको शोरुम खुलेको एपीले जनाएको छ। यसले टेस्लाको फ्ल्यागसि रिटेलको रुपमा सेवा दिने बताइएको छ।

लामो समयको चर्चाका बीच टेस्ला भारतमा प्रवेश गरेको हो। आफ्ना मुख्य बजारहरु अमेरिका र चीनमा व्यापक चुनौती र प्रतिस्पर्धा खेपिरहेको टेस्लालाई भारतीय बजारले ठूलो सहयोग मिल्न सक्नेछ।

गत अप्रिल–जुन अवधिमा टेस्लाका विद्युतीय कारको बिक्री घट्न पुगेको थियो। भारतले सन् २०३० सम्म विद्युतीय गाडीको बजार हिस्सा ३० प्रतिशत पु¥याउने लक्ष्य राखिरहेका बेला टेस्लाको आगमन भएको हो।

भारतमा टेस्लाले आफ्ना लोकप्रिय मोडल वाई कारहरु आयात र बिक्री गर्नेछ। यसको आधार मूल्य ६७ लाख ८० हजार भारु अर्थात् ७९ हजार ८९ अमेरिकी डलर हुनेछ। रियर ह्विल ड्राइभको मूल्य ६० लाख भारु हुनेछ। यही वर्षको तेस्रो त्रैमासिकबाट कार डेलिभरी सुरु हुने बताइएको छ।

भारतमा टेस्लाको प्रतिस्पर्धा टाटा र महिन्द्राभन्दा पनि बढी बीएमडब्लु, मर्सिडिज बेन्ज ग्रुप एजीसँग हुनेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group