ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पले जेलेन्स्कीलाई सोधे– हतियार दिएँ भने मस्कोमा हान्न सक्नुहुन्छ?


abc news
३१ असार २०८२, मंगलबार   ५ : ००   बजे

काठमाडौ ३१ असार । ६ महिनाअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्दा रुस र राष्ट्रपति भ्लादिमिर पुटिनप्रति उनी निकै नरम सुनिन्थे। आफू पदमा भएको भए युक्रेन युद्ध नै सुरु नहुने र तुरुन्तै वार्ता गराएर शान्ति बहाल गर्ने उनको भनाइ थियो।

युक्रेनको मात्र होइन, अन्यत्रको पनि युद्धमा अमेरिका सहभागी नहुने उनको वाचा थियो।

तर, केही महिना नबित्दै उनले अडान फेरेका छन्। ट्रम्प अब रुससँग भीषण युद्धको तयारीमा लागेको संकेत उनका अभिव्यक्तिमा देखिन्छ।

ट्रम्पले रुसमाथि थप प्रतिबन्ध मात्र होइन, युक्रेनलाई भारी हतियार आपूर्तिको तयारी पनि थालेका छन्। आइतबार उनले युक्रेनलाई प्याट्रियट क्षेप्यास्त्र प्रणाली पठाउने घोषणा गरे। त्यस्तै, ५० दिनभित्र युद्धविराम सम्झौता नभए चर्को आर्थिक प्रतिबन्ध लगाउने घोषणा पनि उनले गरेका छन्।

त्यति मात्र होइन, उनले युक्रेनलाई रुसी भूमिमाथि आक्रमणका लागि प्रोत्साहित गरेको खबर पनि सार्वजनिक भएका छन्।

ट्रम्पले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई आफूले लामो दूरीको हतियार दिए मस्कोमा हान्न सक्नुहुन्छ भनेर पनि सोधेका छन्।

फाइनान्सियल टाइम्सले जानकार अधिकारीहरूलाई उधृत गर्दै जनाएअनुसार जुलाई ४ का दिन भएको टेलिफोन वार्तामा ट्रम्पले जेलेन्स्कीलाई सो कुरा सोधेका हुन्।

जेलेन्स्कीसँग कुरा गर्नुभन्दा अघिल्लो दिन ट्रम्पले पुटिनसँग पनि कुरा गरेका थिए। सो संवादलाई ट्रम्पले ‘खराब’ भनी टिप्पणी गरेका थिए। पुटिनले युद्धविरामका लागि सहमति नदिएका कारण ट्रम्प उनीसँग क्रुद्ध भएको विश्लेषकहरूको भनाइ छ।

त्यसैले ट्रम्पले आफूले हतियार दिए रुसभित्र हान्न सक्नुहुन्छ भनेर सोधेका थिए।

‘भ्लादिमिर के तपाईं मस्कोमा हान्न सक्नुहुन्छरु सेन्ट पिटर्सबर्गमा निरु’ ट्रम्पले जेलेन्स्कीलाई सोधेका थिए।

जेलेन्स्कीको जवाफ थियो– ‘हानिहाल्छौँ नि। तपाईंले हतियार दिनुभयो भने हामी हान्न सक्छौँ।’

यसबारेमा ह्वाइट हाउसले टिप्पणी गरेको छैन।

अमेरिकाले तेस्रो पक्षको माध्यमबाट युक्रेनलाई हतियार दिने प्रक्रिया पनि अघि बढाएको छ। ट्रम्पले आफू पुटिनसँग निकै बेखुसी भएको स्पष्ट पारेका छन्।

‘म राष्ट्रपति पुटिनप्रति निराश छु किनभने दुई महिनाअघि नै सम्झौता हुन्छ भन्ने मलाई लागेको थियो,’ ट्रम्पले भनेका छन्।

रुसले भने यसलाई ट्रम्पको नौटंकी भन्दै खारेज गरेको छ। रुसको सुरक्षा परिषदका उपप्रमुख दिमित्री मेद्भेदेवले लेखेका छन्, ‘ट्रम्पले नौटंकीपूर्ण अल्टिमेटम जारी गरे। रुसले त्यसको वास्ता गरेन।’

युरोपेली नेताहरूले यसअघिदेखि नै युक्रेनलाई लामो दूरीका हतियार उपलब्ध गराउने प्रयास गरिरहेकै छन्।

उता रुसलाई भने चीनको बलियो साथ रहने देखिएको छ। सांघाई कोअपरेसन फोरमका विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुने चीन पुगेका रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोवसँग राष्ट्रपति सी चिनफिङले आपसी सहयोग बढाउनुपर्ने बताएका छन्।

यसअघि चिनियाँ विदेशमन्त्री वाङ यीले ईयूकी शीर्ष कूटनीतिज्ञ काया कलाससँग युक्रेनमा रुस हारेको हेर्ने पक्षमा आफूहरू नभएको स्पष्ट पारेका थिए। चीनले सैन्य सहयोग गरेको भए युक्रेन युद्ध पहिले नै समाप्त भइसक्ने उनको भनाइ थियो। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group