ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले डेङ्गी नियन्त्रणका लागि भाेलिदेखि एक महिने अभियान शुरू गर्दै


abc news
३२ असार २०८२, बुधबार   ४ : २२   बजे

काठमाडौ ३२ असार । सरकारले साउन महिनाभर राष्ट्रिय डेङ्गी सचेतना अभियान सञ्चालन गर्ने भएको छ । लामखुट्टेको नियन्त्रण र टोकाइबाट बच्ने उपायबारे सचेतना अभिवृद्धिको लक्ष्यसहित सरकारले एक महिने अभियान घोषणा गरेको हो ।

मन्त्रालयले आज आयोजना गरेको अभियान घोषणा कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा वर्षेनि झन्डै ५० हजार जनामा डेङ्गी सङ्क्रमण हुने गरेकोले समुदायस्तरमा अभियान चलाउनुपरेको बताउनुभयो । साउनदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमण फैलने समय भएकाले यो बेला उच्च सतर्कताका साथ अभियान सञ्चालन गर्न उहाँले आग्रह गर्नुभयो ।

डेङ्गी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले आउँदो आर्थिक वर्ष २०८१र८२ का लागि एक करोड २० लाख ८४ हजार रुपैयाँ बजेट विनियोजन गरेको स्वास्थ्य सचिव डिल्लीराम शर्माले कार्यक्रममा जानकारी गराउनुभयो ।

नेपालमा पहिलो पटक २०६१ सालमा चितवनमा डेङ्गी सङ्क्रमण देखा परेको थियो । यस वर्ष ७५ जिल्लामा सङ्क्रमण पुष्टि भइसकेको छ । सरकारले सन् २०३० सम्ममा डेङ्गी सङ्क्रमण शून्यमा झार्ने लक्ष्य लिएको छ । तर यसअघि कम सङ्क्रमण देखिने काठमाण्डौ उपत्यकासहित पहाडी र उच्च पहाडी क्षेत्रमा समेत डेङ्गी फैलिरहेकोले नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group